YouTube Link

तरलता अभावबीच १४ बैंकको नाफा बढ्यो, कुमारी बैंकको नाफा वृद्धिदर सबै भन्दा उच्च, १ अर्ब पुग्यो

Facebook Link

 

काठमाडौं: तरलता अभावकाबीच पनि बैंक तथा वित्तिय संस्थाहरुको नाफामा बृद्धि भएको छ । गत आर्थिक वर्षको ३ महिनालाई आधार मान्ने हो भने १४ वटा वाणिज्य बैंकको नाफामा वृद्धि भएको छ ।

 

सोमबार चालू आर्थिक वर्षको तीन महिनाको वित्तिय विवरण बैंकहरूले सार्वजनिक गरेका छन् । सार्वजनिक भएको तथ्यांकले प्रायः सबै बैंकको नाफा उल्लेख्य रहेको देखिन्छ ।

 

असोज महिनासम्ममा हाल कायम रहेका २६ वटा वाणिज्य बैंकहरुको निक्षेप संकलन ४५ खर्ब १९ अर्ब रुपैयाँ र कर्जा प्रवाह ४१ खर्ब ९३ अर्ब पुगेको छ ।

 

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुबीच ब्याजदरमा केही विवाद उत्पन्न भएको छ । भदौ मसान्तमा वणिज्य बैंकहरुले निक्षेपको ब्याजदर वृद्धि गर्ने निर्णय गरे । जस अनुसार अधिकांश बैंकहरुले निक्षेपको ब्याजदर बढाए । सो अनुसार स्वतः कर्जाको ब्याजदर समेत बढेको छ ।

 

बैंकहरुले कर्जा बढाएपछि उद्योगी व्यवसायीहरुले आन्दोलन गरिरहेका छन् । सुर्खेत, विराटनगरका उद्योगी व्यवसयीहरुले बैंकहरु चरम नाफामा हुँदा पनि ब्याजदर बढाएको आरोप लगाएका थिए । तर बैंकको नाफाको वृद्धिदर भने पहिलो त्रैमासमा औसत देखिएको छ ।

 

नाफा बढेका बैंकहरु

कुमारी बैंकको नाफा वृद्धिदर सबै भन्दा उच्च छ । यस बैंकको नाफा ८५.०७ प्रतिशतले बढेर १ अर्ब पुगेको छ । एनआईसी एशियाको नाफा ४८.७४ प्रतिशत बढेर १ अर्ब १५ पुगेको छ । नबिल बैंकको नाफा ४१.३० प्रतिशत बढेर १ अर्ब ५७ करोड पुगेको छ ।

 

राष्ट्रिय वाणिज्य बैंकको १८.६६ प्रतिशतले बढेर १ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । ग्लोबल आईएमई बैंकको ६.९५ प्रतिशतले बढेर १ अर्ब १८ करोड पुगेको छ ।

 

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा २३.४७ प्रतिशतले बढेर १ अर्ब १४ करोड पुगेको छ । एभरेष्ट बैंकको नाफा ४८.९५ प्रतिशतले बढेर ८६ करोड रुपैयाँ पुगेको छ । स्ट्याण्डर्ड चार्टड बैंकको नाफा ६८.३९ प्रतिशतले बढेर ८१ करोड पुगेको छ ।

 

प्रभु बैंकको १०.७९ प्रतिशतले बढेर ७० करोड ५० लाख पुगेको छ । एसबीआई बैंकको ६८.२३ प्रतिशतले बढेर  ६२ करोड पुगेको छ । हिमालयन बैंकको नाफा १७.५८ प्रतिशतले बढेर ५३ करोड पुगेको छ ।

 

सिभिल बैंकको नाफा ४२.२३ प्रतिशतले बढेर ४१ करोड पुगेको छ । सेन्चुरी बैंकको नाफा १६.९ प्रतिशतले बढेर ३१ करोड पुगेको छ । बैंक अफ काठमाण्डूको १०.७१ प्रतिशतले बढेर २८ करोड पुगेको छ ।

 

नाफा घटेका बैंकहरु

गत आर्थिक वर्षको ३ महिनाको तुलनामा चालू आर्थिक वर्षको ३ महिनामा नाफा घट्ने बैंकहरु १२ वटा रहेका छन् । एनएमबी बैंकको नाफा १३.४३ प्रतिशतले घटेर ९० करोड कायम भएको छ ।

 

प्राइम कर्मसियल बैंकको नाफा १०.६१ प्रतिशतले घटेर ८७ करोड कायम भएको छ । नेपाल बैंकको नाफा १९.९७ प्रतिशतले घटेर ६० करोड कायम भएको छ । सानिमा बैंकको नाफा ३.४६ प्रतिशले घटेर ५४ करोड कायम भएको छ ।

 

एनसीसी बैंकको नाफा ०.२४ प्रतिशतले घटेर ५१ करोड कायम भएको छ । मेगा बैंकको नाफा ४४.३३ प्रतिशतले घटेर ५० करोड कायम भएको छ । लक्ष्मी बैंकको नाफा ८.९३ प्रतिशतले घटेर ५० करोड कायम भएको छ ।

 

सिटिजन्स बैंकको नाफा २७.०९ प्रतिशतले घटेर ५० करोड कायम भएको छ । सिद्धार्थ बैंकको नाफा ४७.४८ प्रतिशतले घटेर ४९ करोड कायम भएको छ । माछापुच्छ्रे बैंकको नाफा १९.६५ प्रतिशतले घटेर ४५ करोड कामय भएको छ।

 

कृषि विकास बैंकको नाफा ५४.४८ प्रतिशतले घटेर २२ करोड कायम भएको छ । सबै भन्दा कम नाफा कमाउने सनराइज बैंक देखिएको छ । यस बैंकको नाफा ६१.५ प्रतिशतले घटेर १६ करोडमा खुम्चिएको छ ।

 

चालू आर्थिक वर्षमा सबै भन्दा धेरै नाफा एनआईसी एशियाले गरेको छ । यस्तै, दोस्रोमा नबिल, तेस्रोमा राष्ट्रिय वणिज्य बैंक र चौथोमा ग्लोबल आईएमई बैंक देखिएको छ ।

 

यी चारै बैंकले गत आर्थिक वर्षको तुलनामा नाफा वृद्धि गरेका छन् । र, अन्य सूचक समेत सुचार गरेको देखिएको छ ।

 

एनआईसी एशिया बैंक लिमिटेडले चालू आर्थिक वर्ष प्रथम त्रैमासको वित्तिय विवरण अनुसार खुद मुनाफातर्फ १ अर्ब ७५ करोड आर्जन गर्न सफल भएको छ । जुन वार्षिक विन्दुगत आधारमा ४९ प्रतिशतको वृद्धि हो ।

 

बैंकले आव २०७९/८० को प्रथम त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम २ खर्ब ७३ अर्ब १० करोड पुर्याउन सफल भएको छ । निक्षेपतर्फ कुल निक्षेप संकलन ३ खर्ब ८ अर्ब १८ करोड पुर्याउन बैंक सफल भएको छ ।

 

यसैगरी बैंकको स्वपूँजीमा प्रतिफल २६.५५ प्रतिशत छ । बैंकले वार्षिक प्रति शेयर आम्दानी ५९ रुपैयाँ ६२ पैसा आर्जन गर्न सफल भएको छ । स्वपूँजीमा प्रतिफल र प्रतिशेयर आम्दानी २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ ।

 

बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई प्रथम त्रयमाससम्ममा ०.५९ प्रतिशतमा सीमित राख्न सफल भएको छ । ३ महिना अवधीमा २ लाखभन्दा बढी नयाँ ग्राहक थप गर्दै ३४ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

 

यसै त्रैमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८४ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ ।

 

नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा १ अर्ब ५७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको तुलनामा ४१.३० प्रतिशतले नाफा बढाएको हो ।

 

गत आवको पहिलो पहिलो त्रैमासिकमा नबिलले १ अर्ब ११ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । ३ महिनामा बैंकले ३ खर्ब ३४ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ३ खर्ब ५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले ३ अर्ब ६७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको देखिन्छ । सो अवधीमा बैंकको वितरण योग्य नाफा भने २ अर्ब ९१ करोड रुपैयाँ रहेको देखिन्छ ।

 

असोज मसान्त अवधीमा बैंकको प्रति सेयर आम्दानी २७ रुपैयाँ ५३ पैसा छ । बैंकको खराब कर्जा अनुपात २.३३ प्रतिशत छ । बैंकको आधार ब्याजदर ९ दशमलव ४५ प्रतिशत, स्प्रेड दर ४ दशमलव ०४ प्रतिशत भएको बैंकको वित्तिय विवरणले देखाएको छ ।

 

राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १९ प्रतिशत बढेको छ । बैंकले तीन महिनाको अवधिमा १ अर्ब २४ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको ३ महिना बैंकले १ अर्ब ५ करोड ६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

 

बैंकको खुद ब्याज आम्दानी ३ अर्ब १८ करोड ३८ लाख रुपैयाँ देखिएको छ । कुल सञ्चालन आम्दानी ३ अर्ब ४५ करोड ६ लाख रुपैयाँ, सञ्चालन मुनाफा १ अर्ब ७७ करोड ८३ लाख रुपैयाँ रहेको छ । बैंकको वितरण योग्य नाफा ३ अर्ब १७ करोड ४५ लाख रुपैयाँ देखिएको छ । निक्षेप २ अर्ब ६१ अर्ब ५४ करोड रुपैयाँ र कर्जा २ खर्ब १० अर्ब ७८ करोड रुपैयाँ रहेको वित्तिय विवरणमा उल्लेख छ ।

 

ग्लोबल आईएमई बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १८ करोड रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधी भन्दा ६ दशमलव ९५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको ३ महिना अवधीमा १ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको छ। थप विवरण सार्वजनिक हुन बाँकी छ । (नेपालखबरबाट)

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...