एनसीसी बैंक र कर्णाली कियर इन्टरनेशनल हस्पिटलबीच ग्राहकलाई विशेष छुट दिने सम्झौता
वि.सं.२०७९ भदौ १३ सोमवार १५:३५
2.9K
shares
काठमाडौं: एनसीसी बैंकले आफ्ना ग्राहकहरुलाई कर्णाली प्रदेश, सुर्खेत, जुम्लारोड स्थित कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. बीच विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।
सम्झौता पत्रमा बैंकका तर्फबाट कर्णाली प्रदेश प्रमुख चेतकान्त जैसी बञ्जाडे र कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. कर्णाली प्रदेश, सुर्खेत, जुम्लारोडको तर्फबाट उप निर्देशक दिपक कुमार गौतमले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकको भिसा डेभिट कार्ड तथा मोबाइल बैंकीङ्ग प्रयोगकर्ताले उक्त कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.मा Cabin (Deluxe) मा २५ प्रतिशत, Cabin (Normal) and Whole Body Checkup मा २० प्रतिशत, Operation Charge (O.T.) मा १५ प्रतिशत, CT Scan, X-ray, USG (Ultra Sound), ECHO, Endoscopy, ICU/NICU, Post up, Dental and Ambulance मा १० प्रतिशत र Pathology and Pharmacy (Medicine) मा ५ प्रतिशत सम्म छुट प्राप्त हुनेछ ।
देशभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३३ एटिएम वुथहरु सञ्चालनमा रहेको छ ।
एनसीसी बैंक २५ वर्षदेखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ ।
वि.सं.२०७९ भदौ १३ सोमवार १५:३५




















