सेञ्चुरी बैंकले कमायो एक अर्ब ३५ करोड खुद नाफा
वि.सं.२०७९ साउन २१ शनिवार १५:००
1.5K
shares
काठमाडौं: सेञ्चुरी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा ६२ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकले गत आर्थिक वर्षमा जुन ११५ प्रतिशतले धेरै हो ।
बैंकको वितरणयोग्य नाफा पनि उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा ९१ करोड रुपैयाँ छ ।
खुद ब्याज आम्दानी ३१ प्रतिशत र सञ्चालन आम्दानी २६ प्रतिशतले बढेको छ । बैंकको चुक्तापुँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ ।
वि.सं.२०७९ साउन २१ शनिवार १५:००




















