रिलायन्स र सानिमा लाइफबीच मर्जर सम्बन्धी प्राराम्भिक सम्झौता
वि.सं.२०७९ असार २९ बुधवार १०:४३
2.3K
shares
काठमाडौं: रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जर सम्बन्धी प्राराम्भिक सम्झौता भएको छ ।
काठमाडौंमा एक समारोहकाबीच बुधबार बिहान दुई कम्पनीले मर्जरको लागि प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
रिलायन्स लाइफ इन्स्योरेन्सका तर्फबाट सञ्चालक भरतकुमार तोदी र सानिमा लाइफ इन्स्योरेन्सका तर्फबाट सञ्चालक घनश्याम थापाले हस्ताक्षर प्रारम्भिक सम्झौतापत्र मा हस्ताक्षर गरेका हुन् ।
दायित्व तथा सम्पत्ति मूल्यांकन पश्चात् अन्यथा नभएमा १:१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक सहमति गरिएको जनाएको छ ।
सम्झौता समारोहमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल र सानिमा लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अगम मुखियाको सहभागिता रहेको थियो ।
रिलायन्स लाइफको आजै बसेको सञ्चालक समितिको बैठकले सानिमा लाइफ इन्स्योरेन्ससम्ग एक आपसमा मर्जर सम्बन्धमा प्रारम्भिक समझदारी पत्रको मस्यौदा स्वीकृत गरेको थियो ।
वि.सं.२०७९ असार २९ बुधवार १०:४३




















