YouTube Link

मर्जर प्रक्रियामा रहेका बीमा कम्पनीको सञ्चालक समिति सदस्यले थप एक कार्यकाल पाउने

Facebook Link

 

काठमाडौं: मर्जर प्रक्रियामा रहेका बीमकको सञ्चालक समिति सदस्यले थप एक कार्यकाल सञ्चालक समितिमा रहन पाउने भएका छन् ।

 

बीमा समितिले बीमकको संस्थागत सुशासन निर्देशिका २०७५ मा तेश्रो संशोधन जारी गर्दै दुई कार्यकाल पुरा भएका सञ्चालक समिति सदस्य वा अध्यक्ष समेतले थप एक कार्यकाल सञ्चालक समिति सदस्य वा अध्यक्ष रहन पाउने व्यवस्था गरेको हो ।

 

समितिले जेठ १० गते निर्देशिका संशोधन गरेको हो ।

 

मर्जर प्रक्रियाको लागि सैद्धान्तिक सहमति लिई सकेका बीमकको सञ्चालक समितिले बीमा समितिको पूर्व स्वीकृति लिई थप एक कार्यकालका लागि सञ्चालक वा अध्यक्षमा नियुक्त हुन सक्नेछन् ।

 

यसअघि सञ्चालक पदमा नियुक्त वा मनोनित भई दुई वा सोभन्दा बढी कार्यकाल सञ्चालक वा अध्यक्ष भई सकेको व्यक्तिको हकमा निज पुनः सञ्चालकवा अध्यक्षमा नियुक्त हुन वा मनोनित हुन नसक्ने प्रावधान रहेको थियो ।

 

संशोधित प्रावधान अनुसार, बीमक गाभ्ने, गाभिने तथा प्राप्ती गर्ने सम्बन्धी निर्देशिका, २०७६ बमोजिम बीमक गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धी प्रयोजनका लागि प्रक्रिया शुरु गरेका वा समितिबाट सैद्धान्तिक सहमति प्राप्त गरेका बीमकको हकमा गाभ्ने, गाभीने वा प्राप्ती गर्ने सम्बन्धी प्रकृया सम्पन्न नभएसम्म समितिको पूर्व स्वीकृतिलिई तत्काल कार्यरत सञ्चालक वा अध्यक्ष थप एक कार्यकालका लागि सञ्चालक वा अध्यक्षमा नियुक्त वा मनोनयन हुन सक्नेछन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...