Health Ad
YouTube Link

शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि

Khanepani Dhal
Facebook Link

काठमाडौं: धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.४२ विन्दुले बढेर एक हजार ३१२.१४ अङ्कमा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.११ ले वृद्धि भई २७९.९१ अङ्कमा पुगेको छ । नेप्से परिसूचक उकालो लागेसँगै कारोवार रकममा पनि वृद्धि भएको छ । स्टकका अनुसार कूल १ सय ७३ कम्पनीको ३१ लाख दुई हजार २ सय ८४ कित्ता शेयर ८१ करोड ४४ लाख ५२ हजार २६७ मूल्यमा खरीद–बिक्री भए । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयरको मूल्य ओरालो लागेको छ । उत्पादन ३३.३४, अन्य १.१६ र लघुवित्त ३.०५ अङ्कले घटेको छ ।

यस्तै बैंकिङ ०.०८, व्यापार २.७०, होटल २.५८, विकास बैंक २.४४, जलविद्युत् ६४.६०, वित्त १०.५१, निर्जीवन बीमा २८.०६, जीवन बीमा ४२ र सामूहिक लगानी कोष ०.०५ अङ्कले वृद्धि भएको छ । स्टकका अनुसार नेपाल बैंकको ८ करोड ६६ लाख २८ हजार ६ सय २१, शिवम् सिमेन्ट ६ करोड ८८ लाख ३४ हजार ३ सय २४, बुटवल पावर कम्पनी ५ करोड ९६ लाख ४८ हजार २ सय ९०, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी ४ करोड ९६ लाख ९७ हजार ५ सय २५, सानिमा माई हाइड्रो पावर ४ करोड २५ लाख ९० हजार ५ सय ५४, प्राइम बैंक रु दुई करोड ४७ लाख १० हजार ४ सय ४१ को कारोबार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार मल्टी पर्पोज फाइनान्स कम्पनीका शेयरधनीले ९.९४ प्रतिशतले कमाए । यस्तै माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी ९.८८, कर्पोरेट डेभलपमेन्ट बैंक ९.८४, रिलायन्स फाइनान्स ९.७०, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ९.१३ प्रतिशतले कमाए । त्यस्तै समिट लघुवित्त वित्तीय संस्था ७.०५, सिन्धु विकास बैंक ५.२२, घलेम्दी हाइड्रो पावर ४.९१, हिमालयन डिस्टिलरी ४.५५, मिथिला लघुवित्त वित्तीय संस्था ४.४३, एनआइबिएल प्रगति फण्डका लगानीकर्ताले ३.६८ गुमाएका छन् ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

वि.सं.२०८१ चैत ३१ आइतवार ११:१३

काठमाडौं: दुई दिनमा ९ हजार ६ सय रुपैयाँ बढेको सुनको...

आज नेप्से परिसूचक ५४ दशमलव ६२ अङ्कले गिरावट

आज नेप्से परिसूचक ५४ दशमलव ६२ अङ्कले गिरावट

वि.सं.२०८१ चैत १० आइतवार १७:२९

काठमाडौं: निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो...

अहिलेसम्मकै सबैभन्दा महँगो बन्यो सुन

अहिलेसम्मकै सबैभन्दा महँगो बन्यो सुन

वि.सं.२०८१ चैत १ शुक्रवार ११:५०

काठमाडौं: शुक्रबार (आज) सुनको मूल्यले अहिलेसम्मकै महँगो कीर्तिमान बनाएको छ...

नेपाल राष्ट्र बैंकले २ अर्ब १९ करोड मुद्दती निक्षेपमा लगानी गर्दै 

नेपाल राष्ट्र बैंकले २ अर्ब १९ करोड मुद्दती निक्षेपमा लगानी गर्दै 

वि.सं.२०८१ माघ २७ आइतवार १२:४८

काठमाडौं: नेपाल राष्ट्र बैंकले विभिन्न कोषहरूमा रहेको २ अर्ब १९...

प्रभु बैंकद्वारा किसान वर्गलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर

प्रभु बैंकद्वारा किसान वर्गलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर

वि.सं.२०८१ माघ २७ आइतवार १२:३७

काठमाडौं: प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ समारोहमा चितवन जिल्ला दुग्ध...

पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धनको मूल्य बढ्यो

पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धनको मूल्य बढ्यो

वि.सं.२०८१ माघ १९ शनिवार ०६:१६

काठमाडौं: नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई...