YouTube Link

शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि

Facebook Link

काठमाडौं: धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.४२ विन्दुले बढेर एक हजार ३१२.१४ अङ्कमा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.११ ले वृद्धि भई २७९.९१ अङ्कमा पुगेको छ । नेप्से परिसूचक उकालो लागेसँगै कारोवार रकममा पनि वृद्धि भएको छ । स्टकका अनुसार कूल १ सय ७३ कम्पनीको ३१ लाख दुई हजार २ सय ८४ कित्ता शेयर ८१ करोड ४४ लाख ५२ हजार २६७ मूल्यमा खरीद–बिक्री भए । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयरको मूल्य ओरालो लागेको छ । उत्पादन ३३.३४, अन्य १.१६ र लघुवित्त ३.०५ अङ्कले घटेको छ ।

यस्तै बैंकिङ ०.०८, व्यापार २.७०, होटल २.५८, विकास बैंक २.४४, जलविद्युत् ६४.६०, वित्त १०.५१, निर्जीवन बीमा २८.०६, जीवन बीमा ४२ र सामूहिक लगानी कोष ०.०५ अङ्कले वृद्धि भएको छ । स्टकका अनुसार नेपाल बैंकको ८ करोड ६६ लाख २८ हजार ६ सय २१, शिवम् सिमेन्ट ६ करोड ८८ लाख ३४ हजार ३ सय २४, बुटवल पावर कम्पनी ५ करोड ९६ लाख ४८ हजार २ सय ९०, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी ४ करोड ९६ लाख ९७ हजार ५ सय २५, सानिमा माई हाइड्रो पावर ४ करोड २५ लाख ९० हजार ५ सय ५४, प्राइम बैंक रु दुई करोड ४७ लाख १० हजार ४ सय ४१ को कारोबार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार मल्टी पर्पोज फाइनान्स कम्पनीका शेयरधनीले ९.९४ प्रतिशतले कमाए । यस्तै माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी ९.८८, कर्पोरेट डेभलपमेन्ट बैंक ९.८४, रिलायन्स फाइनान्स ९.७०, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ९.१३ प्रतिशतले कमाए । त्यस्तै समिट लघुवित्त वित्तीय संस्था ७.०५, सिन्धु विकास बैंक ५.२२, घलेम्दी हाइड्रो पावर ४.९१, हिमालयन डिस्टिलरी ४.५५, मिथिला लघुवित्त वित्तीय संस्था ४.४३, एनआइबिएल प्रगति फण्डका लगानीकर्ताले ३.६८ गुमाएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...