YouTube Link

नेपाल आयल निगमको नीति तथा कार्यक्रम पास

Facebook Link

 

काठमाडौं: नेपाल आयल निगमको संचालक समितिले पेट्रोलियम पदार्थको माग र खपतको प्रक्षेपण गरी भण्डार क्षमता विस्तारको काम पनि अघि बढाउने नीति तथा कार्यक्रम पास गरेको छ ।

 

समितिले निगमको केन्द्रिय कार्यालयलाई ११ तल्ले आधुनिक कर्पोरेट भवनको रुपमा निर्माण गर्नेदेखि लिएर चीनको केरुङदेखि नेपालको रसुवागढी हुँदै नुवाकोटसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने कार्यक्र अगाडी सारेको छ ।

 

नीति तथा कार्यक्रम अनुसार कम्तिमा १ महिनालाई पर्याप्त हुने गरी भण्डारण क्षमता बिस्तार गर्न प्रथम चरणमा चितवन, झापा, सर्लाहीमा भण्डारण गृह निर्माणको कार्य आरम्भ गरिने जनाइएको छ ।

 

त्यसैगरी हाल सञ्चालनमा रहेका भण्डारण केन्द्रहरुलाई क्रमशः क्षमता विस्तार गर्दै लगिने निगमले जनाएको छ । यसका लागि जग्गा प्राप्त गरी थानकोट डिपोमा पार्किङ लगायतका पूर्वाधार संरचना निर्माण गर्ने योजना बनाइएको छ ।

 

सातै प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण गृह निर्माण प्रक्रिया अगाडि बढाइने उल्लेख गरिएको छ ।

 

यसै वर्षबाट नेपालगञ्जमा रहेको निगमको जग्गामा पेट्रोल पम्प तथा झापा र धनुषामा रहेको निगमको जग्गामा ग्याँस बोटलिङ्ग प्लाण्ट निर्माणको कार्य सुरु गरिने कार्यक्रममा समेटिएको छ ।

 

त्यस्तै अन्तराष्ट्रि तथा क्षेत्रीय विमानस्थलहरूमा पनि हवाई इन्धन व्यवस्थापनका लागि पूर्वाधार तयार गरिने उल्लेख गरिएको छ ।

 

यसअघि राक्सौल-अम्लेखगंज सम्म पेट्रोलियम पाइपलाईनको कार्य पूरा गरेकामा यसपटक बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पाइपलाइन विस्तार गरिने योजना छ ।

 

भारतको सिलिगुडीदेखि नेपालको झापा चारआलीसम्म पेट्रोलियम पाइपलाइनको अध्ययन सम्पन्न गरी निर्माण प्रक्रिया चालू आर्थिक वर्षमा नै सुरु गरिने उल्लेख छ ।

 

यहि वर्ष चीनबाट पेट्रोलियम पाइपलाइन जडान गर्ने संभावनाबारे अध्ययन गर्ने सरकारले योजना बनाएको छ भने चीनबाट पेट्रोलियम पदार्थ खरिद गर्ने सम्भावनाको अध्ययन गरी प्रारम्भिक सम्झौताको तयारी सुरु गरिएको निगमले उल्लेख गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...