YouTube Link

नेपाल आयल निगमको नीति तथा कार्यक्रम पास

Facebook Link

 

काठमाडौं: नेपाल आयल निगमको संचालक समितिले पेट्रोलियम पदार्थको माग र खपतको प्रक्षेपण गरी भण्डार क्षमता विस्तारको काम पनि अघि बढाउने नीति तथा कार्यक्रम पास गरेको छ ।

 

समितिले निगमको केन्द्रिय कार्यालयलाई ११ तल्ले आधुनिक कर्पोरेट भवनको रुपमा निर्माण गर्नेदेखि लिएर चीनको केरुङदेखि नेपालको रसुवागढी हुँदै नुवाकोटसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने कार्यक्र अगाडी सारेको छ ।

 

नीति तथा कार्यक्रम अनुसार कम्तिमा १ महिनालाई पर्याप्त हुने गरी भण्डारण क्षमता बिस्तार गर्न प्रथम चरणमा चितवन, झापा, सर्लाहीमा भण्डारण गृह निर्माणको कार्य आरम्भ गरिने जनाइएको छ ।

 

त्यसैगरी हाल सञ्चालनमा रहेका भण्डारण केन्द्रहरुलाई क्रमशः क्षमता विस्तार गर्दै लगिने निगमले जनाएको छ । यसका लागि जग्गा प्राप्त गरी थानकोट डिपोमा पार्किङ लगायतका पूर्वाधार संरचना निर्माण गर्ने योजना बनाइएको छ ।

 

सातै प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण गृह निर्माण प्रक्रिया अगाडि बढाइने उल्लेख गरिएको छ ।

 

यसै वर्षबाट नेपालगञ्जमा रहेको निगमको जग्गामा पेट्रोल पम्प तथा झापा र धनुषामा रहेको निगमको जग्गामा ग्याँस बोटलिङ्ग प्लाण्ट निर्माणको कार्य सुरु गरिने कार्यक्रममा समेटिएको छ ।

 

त्यस्तै अन्तराष्ट्रि तथा क्षेत्रीय विमानस्थलहरूमा पनि हवाई इन्धन व्यवस्थापनका लागि पूर्वाधार तयार गरिने उल्लेख गरिएको छ ।

 

यसअघि राक्सौल-अम्लेखगंज सम्म पेट्रोलियम पाइपलाईनको कार्य पूरा गरेकामा यसपटक बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पाइपलाइन विस्तार गरिने योजना छ ।

 

भारतको सिलिगुडीदेखि नेपालको झापा चारआलीसम्म पेट्रोलियम पाइपलाइनको अध्ययन सम्पन्न गरी निर्माण प्रक्रिया चालू आर्थिक वर्षमा नै सुरु गरिने उल्लेख छ ।

 

यहि वर्ष चीनबाट पेट्रोलियम पाइपलाइन जडान गर्ने संभावनाबारे अध्ययन गर्ने सरकारले योजना बनाएको छ भने चीनबाट पेट्रोलियम पदार्थ खरिद गर्ने सम्भावनाको अध्ययन गरी प्रारम्भिक सम्झौताको तयारी सुरु गरिएको निगमले उल्लेख गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...