Texas College
YouTube Link

नेपाली बैंकहरुको पक्षमा चिनियाँ अदालतको फैसला

Facebook Link

काठमाडौं:  मेलम्ची खानेपानी आयोजनाको बैंक ग्यारेन्टी रकम फिर्ता गर्ने वा नगर्ने भन्ने सम्बन्धमा चिनियाँ अदालतमा चलिरहेको मुद्दा नेपाली बैंकहरुको पक्षमा भएको छ ।

चीनको हेनान प्रान्तस्थित झङझाओ इन्टरमिडियट कोर्टमा चलेको चाइना कन्स्ट्रक्सन बैंक र नेपाली बैंकहरुबीचको मुद्दामा अदालतले नेपाली बैंकको पक्षमा फैसला सुनाएको हो ।

बैंक अफ काठमाण्डू र हिमालयन बैंकको काउन्टर ग्यारेन्टीवापत फसेको १ अर्ब ४० करोड रुपैयाँ चाइना कन्स्ट्रक्सन बैंकबाट फिर्ता पाउने भएका छन्।

मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी चाइना रेल्वे कम्पनीले चाइना कन्स्ट्रक्सन बैंकमार्फत् बैंक अफ काठमाण्डू र हिमालयन बैंकबाट बैंक ग्यारेन्टीमार्फत् रकम भुक्तानी लिएको थियो ।उक्त कम्पनीले आयोजनाको काम बीचैमा छोडिदिएपछि आयोजनाले बैंक ग्यारेन्टी बापतको रकम जफत गरेको थियो ।

कम्पनीको बैंक ग्यारेन्टी जफत भएपछि हिमालयन र बीओकेले चाइना कन्स्ट्रक्सन बैंकसँग त्यस्तो ग्यारेन्टीबापतको रकम भुक्तानी माग गरेको थियो । तर, सो बैंकले यस्तो माग अस्वीकार गरेपछि यो विषय अदालतसम्म पुगेको हो । तर, ठेक्का प्रक्रियामा बैंकहरुको भूमिका नहुने भन्दै बैंक ग्यारेन्टी बापतको रकम भुक्तानी गर्न आदेश दिएको हो ।

यो आदेश प्राप्त भएसँगै बैंक अफ काठमाण्डूको ९० करोड र हिमालयन बैंकको करिब ६६ करोड रुपैंया आउने बाटो खुला भएको छ । त्यसका लागि बैंकहरुले आजै चाइना कन्स्ट्रक्सन बैंकलाई पत्राचार गरेको जनाएका छन् ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

वि.सं.२०८३ वैशाख १५ मंगलवार १६:४७

काठमाडौं: सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस...

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

वि.सं.२०८३ वैशाख १४ सोमवार १५:२३

काठमाडौं: सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त...

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

वि.सं.२०८३ वैशाख १४ सोमवार १४:५५

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई पार्टी...

नेपाललाई चिनाउने भनेकै हाम्रो सुन्दर प्राकृतिक फोटोहरू हुन् : महानिर्देशक पराजुली

नेपाललाई चिनाउने भनेकै हाम्रो सुन्दर प्राकृतिक फोटोहरू हुन् : महानिर्देशक पराजुली

वि.सं.२०८३ वैशाख १३ आइतवार १७:१७

काठमाडौं: ९९औं राष्ट्रिय फोटोपत्रकारिता दिवसको अवसरमा सूचना तथा प्रसारण विभागका...

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १२:२९

तस्वीर : मुलुकबाहिरको औपचारिक कार्यक्रममा जान...