YouTube Link

मन्त्रीपरिषदको बैठक बस्दै, यस्ता छ्न एजेण्डा

Facebook Link

काठमाडौ : मन्त्रीपरिषदको बैठक आज बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बस्ने बैठकमा विभिन्न एजेण्डामा छलफल हुने बताईएको छ ।

अहिले बिहान १० बजेका लागि बालुवाटारमा बैठक बोलाईएको छ ।

बालुवाटार स्रोतका अनुसार आइतबारकै बैठकमा विभिन्न मन्त्रालय टुक्र्याउनका लागि तयार पारिएको प्रस्ताव आजको बैठकले पारित गर्नेछ ।

योसँगै सचिव शंकरदास वैरागीलाई मुख्यसचिवमा नियुक्त गर्ने र हालका मुख्यसचिव लोकदर्शन रेग्मीलाई संयुक्त राज्य अमेरिकाका लागि राजदूत नियुक्त गर्ने प्रस्ताव तयार भइसकेको र आजको मन्त्रिपरिषद्मा पेश हुने सम्भावना रहेको पनि स्रोतले बताएको छ ।

मन्त्रिपरिषद्को कार्यसम्पादन नियमावली संशोधन गरी मन्त्रालय टुक्र्याउनेबारेमा बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच सहमति भएको दावी बालुवाटारस्रोतको छ ।

टुक्रिने मन्त्रालयमा जलस्रोत, भूमि व्यवस्था, गरिवी निवारण तथा सहरी, भौतिक पूर्वाधार तथा यातायातसहितका छन् ।

अब उर्जा मन्त्रालय अलग्गै हुने, त्यसबाट फुटेर सिंचाई तथा नदी व्यवस्थापन अलग मन्त्रालयका रुपमा रहने भएको छ ।

भूमि व्यवस्थाबाट गरिवी निवारण र सहकारी मन्त्रालयलाई अलग पारिने प्रस्ताव छ ।भौतिक पूर्वाधारलाई अलग्गै मन्त्रालय बनाई यातायात मन्त्रालय छुट्याउन लागिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

वि.सं.२०८३ साउन २५ सोमवार १४:३२

काठमाडौं: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई...