मेयरमा बालेन्द्र र उपमेयरमा एमालेकी सुनिताको जित सुनिश्चित
वि.सं.२०७९ जेठ ११ बुधवार ११:२२
2.9K
shares
काठमाडौं: काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो मत ५५ हजार ७७७ पुर्याएका छन् ।
सुरुदेखि नै अग्रता कायम गरेका बालेन्द्रले सत्ता गठबन्धनलाई पछाडि पार्दै फराकिलो मतान्तर बनाएका हुन् । काठमाडौंको मेयर पदमा बालेन्द्रले जितत सुनिश्चित गरेका छन् ।
मतपरिणाम अनुसार बालेन्द्रले ५५ हजार ७७७ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वीका रुपमा रहेका सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले ३५ हजार ३७१ मत प्राप्त गरेकी छन् । बालेन्द्रले सिर्जनालाई २० हजार ४०६ मतान्तर बनाएर अग्रता कायम गरेका छन् ।
काठमाडौंमा उपमेयरमा भने एमालेकी सुनिता डंगोल फराकिलो मतान्तरले अगाडि छिन् । सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठ फराकिलो मतान्तरले पछाडि परेका हुन् ।
सुनिताले ५१ हजार २०७ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वीका रुपमा रहेका सत्ता गठबन्धनबाट उम्मेदवार रामेश्वर श्रेष्ठले १७ हजार ३४८ मत प्राप्त गरेका छन् । सुनिताले रामेश्वरलाई ३३ हजार ८५९ मतान्तर बनाएर अग्रता कायम गरेका छन् ।
वि.सं.२०७९ जेठ ११ बुधवार ११:२२


















