YouTube Link

क्लाराजेट्किन र अन्तर्राष्ट्रिय नारी दिवस

Facebook Link
vision

विश्वभर प्रत्येक वर्ष मार्च ८ का दिन नारी दिवस मनाइन्छ । महिलाहरुको हकअधिकार र समानताको लागि धुमधामका साथ यो दिवस मनाइदै आएको छ । नेपालमा पनि आउँदो माच ८ अर्थात फागुन २५ गते आइतबारका दिन ११०औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइदै छ । ‘समानताको पुस्ताः अन्त्य गरौँ हिंसा, विभेद र असमानता’ भन्ने नाराका साथ यो दिवस मनाइन लागिएको हो । महिलाहरुको समानहक र अधिकार प्राप्तिको खुसीयालीमा मनाइने यो दिवस कसैको महत्वपुर्ण त्याग, योगदान र सङ्घर्षबाट प्राप्तभएको हो । त्यस्तो सङघर्ष गर्ने व्यक्तिहुन क्लारा जेटकिन ।

जेट्किनको सङक्षिप्त परिचय
पितागोटफिड इजिनर र माताजोसेफिन भिटल इजिनरकापहिलो सन्तानको रुपमा सन १९५७ जुलाई ५ कादिन जर्मनीको सक्सोनी पदेशको एक ग्रामीण परिवारमा उनको जन्मभएको हो । उनको वाल्यकालको नामक्लारा इजिनर हो । बाबु पेशाले शिक्षक भएका कारण राम्रैसंग शिक्षाआर्जन गरेकी क्लारामा वाल्यकालदेखि नै गरिबी र शोषण विरुद्धको चेतना विकास भएको थियो । १५ वर्षको उमेरमा विद्यालय शिक्षा सकेपनि त्यतिबेला जर्मनीमा छोरीहरुले विश्वविद्यालय पढन सहज नभएकोले उच्चशिक्षा आर्जन गर्न सकिनन । त्यसैले उनी शिक्षण पेशामा संलग्न भइन । त्यतिबेला जर्मनीमा माहिलाहरु निकै सकसमा थिए । पुरुषको अनुमतिबिना घरबाहिर जान सम्म पाउँदैनथे । श्रमिकमहिलाहरु घर र कारखानादुवैतिर उत्पीडनमा थिए । त्यसैले उनको ध्यान त्यतैतर्फ तानियो ।

यसैबीचमा रसियन मुलकाओसिप जेट्किनसँग उनको भेट भयो । कामकै शिलशिलामा संगै रहँदाउनीहरुबीच प्रेम सम्वन्ध स्थापित भयो । उनीहरु दुवै समाजवादी अभियान्ता थिए । तत्कालीन सरकारले सन् १८७८ मा समाजवादीलाई प्रतिवन्ध लगाएकोले उनका प्रेमीलाई देश निकाला गर्यो क्लाराले पनि जर्मनी छोडेर अष्ट्रियागई फ्याक्ट्री मजदुरको रुपमा काम गर्न थालिन । त्यहाँबाट उनी फ्रान्सको पेरिसमागइन । उनका प्रेमी पनि त्यही थिए । क्लारा र ओसिप औपचारिक बिहे गर्न चाहन्थे । युरोपमा औपचारिक तथा अनौपचारिक विवाहलाई सामाजिक मान्यता थियो । औपचारिक विवाह गर्दा क्लाराले जर्मन नागरिकता त्याग्नु पर्ने भएकोले उनीहरुले अनौपचारिक विवाह गरे । उनीहरुका दुई सन्तान पनि भए । उनीहरुको वैवाहिक जीवन सुखपुर्ण भएन । उनीहरु दुवैलाई क्षयरोगले समात्यो । तापनि महिला अधिकारका बारेमा काम गर्न छोडिनन । उनको आत्मबल र उपचारको कारण उनको क्षयरोग निको भएतापनि सन १८८९ मा उनको पतिको मृत्यु भयो ।

एक दशकपछि सन १८९९ मा फ्रोडरिक जन्डलसँग दोस्रो विवाह गरिन । दोस्रो दाम्पत्य जीवन पनि सन १८२६ मा समाप्त भयो । सन १८९० मा समाजवादीमाथि लगाइएको प्रतिवन्ध फुकुवाभयो । त्यसपछि उनीजर्मन सोसल डेमोक्रेटिक पार्टीमा आवद्ध भइन । उनले महिलाहरुलाई राजनीतिक पार्टीमा औपचारिक संलग्नता हुनुपर्छ भनेर सशक्त आवाज उठाइन । अन्ततः सन १९०८ मा जर्मनीमा त्यो अधिकार स्थापित भयो । सन १९१० मा कोपनहेगनमा महिलाहरुको अन्तर्राष्ट्रिय नारी दिवस मनाउने औपचारिक प्रस्तावगरिन । सम्मेलनले उक्त प्रस्तावपारित गर्यो । त्यसपछि सन १९११ देखि हरेक मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवसको रुपमा मनाउन थालिएको हो । यसरी क्लारा अन्तर्राष्ट्रिय नारी दिवसको प्रणेता बन्नपुगिन । यस्तो महानकार्यको अथक योद्धा, महिला अधिकारकी अभियान्ता क्लारा जेट्किनको मृत्यु सन १९३३ जुन २० का दिनभयो ।

सङघर्ष र योगदान
क्लारा जेन्टकिनत्यति सजिलै यो सफलतामा आइपुगेकी होइनन । एकातिर उनलाई स्वास्थ्य सम्वन्धी प्रतिकुलता र पति वियोगको पीडा थियो भने अर्कातिर राजनीतिक र सामाजिक कठिनाई पनिउत्तिकै थियो । जब उनले माध्यमिक शिक्षा पार गरिन त्यति बेलाको जर्मनको सामाजिक संरचनाले उनले उच्चशिक्षा लिन पाइनन । यतिबेला सम्पत्ति माथि महिलाको अधिकार थिएन । राजनीतिमा महिलाहरु प्रतिबन्धित थिए । उनी महिलाहरुको विभेद कसरी हटाउन सकिन्छ भन्ने कुरामा चिन्तन गर्न लागिन । जर्मनी र बाहिर पनि यो विषयमा छलफल हुनथाल्यो ।

सन् १९१५ मा भएको अन्तर्राष्ट्रिय महिला सम्मेलनमा विश्वयुद्ध धनी राष्ट्रहरुको हतियार बेच्ने बाहाना मात्र हो । यसले श्रमिकको हित नगर्ने हुँदा यसको विरोध गरौँभन्ने प्रस्ताव पेश गरिन । यो प्रस्तावलाई सम्मेलनले पारित गरी विश्वभर चर्चा पायो । यसरी युद्धको विरोध गरेकोले उनलाई जर्मन सरकारले पक्रने, थुन्ने र पटक-पटक यातना दिने काम गर्न थाल्यो ।

सन १८९० मा समाजवादीहरुमाथि लगाएको प्रतिवन्धफुकुवा भएसंगै उनी जर्मन सोसल डेमोक्रेटिक पार्टीमा आवद्ध भइन र निरन्तर महिलाको पक्षमा आवाज उठाउन थालिन । अनवरत सङघर्षको कारण उनी सन १९०६ मा पार्टीको शिक्षा केन्द्रीय समितिको सदस्य भइन । उनले पार्टीको मुखपत्र ‘डाइ ग्लेथिट’ प्रकाशनको जिम्मा पनिपाइन त्यसैमार्फत उनले आफ्ना विचारहरु संसारसामु ल्याएइन । चाडै नै उनी अन्तर्राष्ट्रिय महिला आन्दोलनकी एक प्रमुख अभियान्ताको रुपमाचर्चित भइन । सन १९०७ मा भएको अन्तर्राष्ट्रिय महिला सम्मेलनबाट सचिव पदमा निर्वाचित भई सन १९१७ सम्म सोहि पदमा रही अन्तराष्ट्रिय महिला आन्दोलनको नेतृत्व गरिन । पार्टीको मुखपत्र प्रकाशनगर्दा उनले शिक्षा सम्वन्धी आफ्नो धारणा सार्वजानिक गरिन् । त्यतिबेला धार्मिक शिक्षाको प्रचलन थियो । तर उनले वैज्ञानिक एवम व्यावहारिक शिक्षाको वकालत गरिन । सहिशिक्षाबाट लैङ्गिक विभेद कम हुन्छ भन्ने उनको धारणा थियो ।

क्लारा राजनीतिमा सक्रिय रहेकै बेला प्रथम विश्व युद्ध सुरु भयो । उनी आफु पनि त्यसको विपक्षमा उभिदै पार्टीलाई पनि युद्धको विपक्षमा उभिन आग्रह गरिन । तर पार्टीले युद्धको नीति लियो । उनको सर्मथनमा साथीहरु रोजालक्जेम्बर्ग, कार्ल लिब्नेच्ट, लुइस कोलर आदिले साथ दिए । सन् १९१५ मा भएको अन्तर्राष्ट्रिय महिला सम्मेलनमा विश्वयुद्ध धनी राष्ट्रहरुको हतियार बेच्ने बाहाना मात्र हो । यसले श्रमिकको हित नगर्ने हुँदा यसको विरोध गरौँभन्ने प्रस्ताव पेश गरिन । यो प्रस्तावलाई सम्मेलनले पारित गरी विश्वभर चर्चा पायो । यसरी युद्धको विरोध गरेकोले उनलाई जर्मन सरकारले पक्रने, थुन्ने र पटक-पटक यातना दिने काम गर्न थाल्यो । तर पनि उनी अविचलित रुपमा आफ्नो अभियानमा लागिरहिन । युद्ध विरोधी अभियान चलाएको अभियोगमा उनलाई पार्टीले निष्कासन गर्यो । सन १९१८ मा आफ्नै नेतृत्वमा साम्यवादी पार्टी स्थापना गरिन त्यसपछि सन १९२० देखि १९३२ सम्म जर्मन सांसद भएर महिला आन्दोलनलाई आगाडि बढाइन । सन १९३३ मा जर्मनीमा हिटलरको शासन सुरु भएपछि उनको पार्टीमाथि प्रतिबन्ध लाग्यो । उनी सोभियत संघमा निर्वासित भइन र त्यहीँ उनको जीवन अन्त्य भयो । उनको अथक प्रयास, निरन्तरको खबरदारी र अविचलित नेतृत्वको कारण आज महिलाहरु अधिकार सम्पन्न भएका छन ।

उपलब्धी
महिला आन्दोलन आजविश्वभर नै सफलताको मार्गतर्फ उन्मुख भएको छ । राजनीतिक, सामाजिक, साँस्कृतिक अधिकार प्राप्त भएको छ । नेपालकै सन्दर्भमा पनि महिलाहरुले ठुलो उपलब्धी हासिल गरेका छन । २०६४ जेठ ४ गतेको प्रतिनिधि सभाको विशेष घोषणाले महिला अधिकारलाई झन् सशक्तबनायो । राज्यका हरेक तहमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य ग¥यो । नेपालको संविधान २०७२ को धारा ३८ मा महिला सम्बन्धीहक सुनिश्चित छ । संघीय शासन व्यवस्था कायम भएसँगै राज्यका उच्च नेतृत्वमा महिला सहभागिता सुनिश्चित भएको छ । सर्वोच्च पद राष्ट्रपति वा उपराष्ट्रपति मध्ये एक महिला हुनुपर्ने व्यवस्था छ । त्यस्तै सभामुख र उपसभामुखमध्ये एक महिलाहुनु अनिवार्य छ । हरेक स्थानीय तहमा प्रमुख वा उपप्रमुख मध्ये एक जना महिला अनिवार्य छ । त्यस्तै हरेक स्थानीय तहका प्रत्येक वडामा कम्तीमा २ जना महिला सहभागिता सुनिश्चित छ । यसरी हेर्दा नेपालमा महिला सम्बन्धीथुप्रै राजनीतिक अधिकार प्राप्त भएको छ । साथमा सामाजिक, आर्थिक एवम् साँस्कृतिक अधिकार पनि प्राप्त छन । यो सबै उपलब्धीको श्रेय उनै क्लारा जेट्किनलाई जान्छ ।

सङ्क्षेप
क्लारा जेटकिनको निरन्तरको प्रयासले आजविश्वभर नै महिला आन्दोलनले सार्थकता पाएका छन । महिलाहरुले राजनीतिक, सामाजिक तथा आर्थिक अधिकार पाएका छन । तर अझै पनि पुर्ण छैन । बाध्यकारी व्यवस्थाका कारण नेतृत्व तहमा महिला सहभागिता भएपनि नेताबनेर नेतृत्व गर्ने अवसर आझै प्राप्त भएको छैन । महिलाआन्दोलन पुर्ण भएको छैन । तसर्थ निरन्तरको खबरदारी र असल नेतृत्व आवश्यक छ । आजको उपलब्धीमा क्लारा जेटकिनको महत्वपुर्ण योगदान भुल्न हुदैन । उनी सधैभरी सम्मानित र प्रेरणाको स्रोत बनिरहने छिन ।

(चन्द्रकला सुन्दास, वडा सदस्य, काठमाडौं महानगरपालिका वडा नं. ७)

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

वि.सं.२०८३ जेठ १५ शुक्रवार ११:३०

तस्वीर प्राविधिक टिमबाट तयार पारिएको हो...

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

वि.सं.२०८३ जेठ ६ बुधवार १२:२६

नेपाल प्रहरीको रणनीतिक योजना २०८३-२०८५ सार्वजनिक...