YouTube Link

दिनको समय क्रमशः लम्बिदै, तापक्रम पनि उत्तिकै बढ्दै

Facebook Link

काठमाडौं: दिनप्रतिदिन दिनको समय क्रमशः बढ्ने क्रम जारी रहेको मौसमविद्ले बताएका छन् । अंग्रेजी महिना डिसेम्बरयता दिन एक घण्टा लामो भइसकेको छ । मौसम पूर्वानुमान महाशाखाको रेकर्ड अनुसार सबैभन्दा छोटो दिन मानिएको गत डिसेम्बर २२ तारिखमा ५ बजेर १४ मिनेटमा सूर्यास्त भएको अर्थात् घाम डुबेको थियो भने आज (मार्च ५) मा ६ बजेर ७ मिनेटमा घाम डुब्नेछ ।

यस्तै डिसेम्बर २२ मा ६ बजेर ५१ मिनेटमा सूर्य उदाएको थियो भने आज (बिहीबार) ६ बजेर ७ मिनेटमा सूर्य उदाएको थियो । यस हिसाबले करिब एक घण्टा दिन लामो भइसकेको महाशाखाले जनाएको छ । दिन लम्बिने क्रम जारी रहेको र सबैभन्दा लामो दिन आउने जुन २२ तारिखलाई मानिने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

दिन जति लम्बिँदै गयो तापक्रम पनि उति बढ्दै जाने मौसमविद्ले बताएका छन् । महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार काठमाडौं उपत्यकासहित देशभर न्यूनतम र अधिकतम तापक्रम बढ्दै गएको बताए । यही मार्च १ तारिख (फागुन १८) अर्थात् प्रि-मनसुन सुरु भएदेखि मुलुकभर तापक्रम बढेको हो ।

प्रि-मनसुन अवधि मार्च, अप्रिल, मे र जुन तापक्रम बढी हुने महिना हुन् । महाशाखाको रेकर्ड अनुसार बुधबार काठमाडौंको अधिकतम तापक्रम २३.५ डिग्री सेल्सियस मापन भएको छ । यस्तै बुधबार धनगढीमा २९, दिपायलमा २७.२, वीरेन्द्रनगरमा २५.८, नेपालगन्जमा २८.६, दाङमा २५.७, पोखरामा २४.५, भैरहवामा २८.७, सिमरामा २९ र विराटनगरमा २८.६ डिग्री रेकर्ड भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...