आज पहाडी भू-भागमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना
वि.सं.२०७६ फागुन २१ बुधवार ०९:५३
1.3K
shares
काठमाडौं: पश्चिमी तथा स्थानीय वायुको प्रभावले आज मौसममा बदली आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ। अपरान्ह पछि पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ ।
त्यस्तै आज राति देशको पश्चिमी भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी र मध्यका थोरै स्थानहरुमा र पूर्वी पहाडका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ सहित वर्षाको सम्भावना छ ।
वि.सं.२०७६ फागुन २१ बुधवार ०९:५३



















