YouTube Link

बिभिन्न औषधीको प्रयोग गर्नुभन्दा घरेलु उपचार उपयुक्त

Facebook Link

मौसम परिवर्तन भएर ग्रीष्म ऋतुको आगमनसँगै बिहान बेलुका चिसो हुने र दिउँसो तातो हुने किसिमको अनुभव हुँदै गैरहेको छ ।

यस्तो बेला स्वास्थ्यमा चिसो खोकी, भाइरल इन्फेक्सन, शरीरको दुखाई बढ्ने साथै शरीर गलेको जस्तो भान हुने गर्दछ । बिहान बेलुकाको चिसो र दिनको पारिलो घामले हाम्रो शरीरको स्वास्थ्यमा प्रभाव पार्ने गर्दछ ।

यस्तो अवस्थामा बिभिन्न औषधीको प्रयोग गर्नुभन्दा घरेलु उपचारका साथै भन्छामा सजिलै उपलब्ध हुने प्राकृतिक एन्टिबायोटिकहरूको सेवन गर्नु स्वास्थ्यको लागि उपयुक्त हुने मानिएको छ ।

लसुनः
लसुन सयौं वर्षदेखि प्रयोग हुँदै आएको कृषि उपज हो । लसुनमा पाइने एन्टिब्याक्टेरियल गुणको कारण रोगसँग लड्न सक्ने क्षमता धेरै हुन्छ । लसुन एलिसिन, साल्मोनेला र ईकोली जस्तो खतरनाक ब्याक्टेरिया निर्मूल पार्न धेरै प्रभावकारी छ । तर, धेरै लसुन खानु स्वास्थ्यको लागि हानिकारक पनि मानिन्छ । त्यसैले प्रत्येक दिन दुई केस्रा लसुन खानु उपयुक्त हुन्छ ।

महः
मह धेरै पुरानो र लाभदायक एन्टिबायोटिक पदार्थ हो जुन सयौ पुस्ता अघिदेखि प्रयोग हुँदै आएको छ । सन् २०११ को एक अध्ययनका अनुसार महले ६० प्रकारका ब्याक्टेरियालाई निस्क्रिय पार्न सफल भएको सो अध्ययनले देखाएको छ ।

बेसारः
नेपाली भान्छामा भेटिने बेसार सबैभन्दा सामान्य मसला हो । बेसारमा पाइने कर्क्यूमिन भनिने तत्व अत्यन्त शक्तिशाली एन्टिआक्सिडेन्ट हो । यसमा एन्टी–इन्फ्लेमेटरी गुणहरू पनि प्रसस्त मात्रामा पाइन्छ । बेसारको नियमित सेवनले शरीरमा स्वतन्त्र रेडिकलहरूको कारणबाट हुने क्षति तथा शरीरमा रोग फैलाउने थुप्रै प्रकारका ब्याक्टेरियालाई रोक्ने मद्दत गर्दछ ।

अदुवाः
सन् २०१६ मा भएको एक अध्ययन अनुसार अदुवामा धेरै प्रकारका ब्याक्टेरियासँग लड्ने क्षमता रहेको अध्ययनले देखाएको छ । अदुवा एन्टि–ब्याक्टेरिया र एन्टी–इन्फ्लेमेटरी गुणहरूले धनी छ । जसमा एन्टि–माइक्रोबियल गुण हुन्छ । जसले माइक्रोब र ब्याक्टेरियासँग लड्न मद्दत गर्छ ।

ल्वाङः
मौसम परिवर्तनसँगै देखिने बिभिन्न समस्याको समाधानको लागी ल्वाङ एउटा महत्वपूर्ण घरेलु औषधी हो । शताब्दीयौंदेखि दाँत सम्बन्धी समस्याबाट छुटकारा पाउनको लागि प्रयोग गरिँदै आएको कुरा हो । तसर्थ, ल्वाङ पनि एक प्राकृतिक एन्टिबायोटिकको रूपमा देख्न सकिन्छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...