आइसीसी विश्वकप क्रिकेट लिग-टु अन्तर्गत आज नेपाल र अमेरीका भिड्दै
वि.सं.२०७६ माघ २९ बुधवार ०९:२४
1.6K
shares
काठमाडौं: आइसीसी विश्वकप क्रिकेट लिग-टु अन्तर्गत त्रिकोणात्मक सिरीजमा नेपालले प्रतियोगिताको अन्तिम खेल आज अमेरीकासँग खेल्दैछ । जारी लिगमा घरेलु मैदानमा सोचेको जस्तो प्रदर्शन गर्न नसकेको नेपाली टिम अन्तिम खेलमा जित निकाल्दै सुखद अन्त्य गर्न चाहन्छ । जारी प्रतियोगितामा नेपालले तीन खेलमा दुईमा हार र एकमा जित निकालेको छ ।
नेपालले पहिलो खेलमा ओमानसँग १८ रनको हार ब्यहोरेको थियो भने दोस्रो खेलमा अमेरीकालाई ३५ रनले हराएको थियो । तर आफ्नो तेस्रो खेलमा नेपाल ओमानसँग ८ विकेटले पराजित भएको थियो । जारी लिगमा नेपालको ओपनिङमा निकै समस्या देखिएको छ । यसका साथै नेपालको ब्याटिङलाइनअपले पनि राम्रो गर्न सकेको छैन ।
नेपालका लागि अहिलेसम्म चार जना खेलाडीले अर्धशतक बनाएका छन । जसमा युवा खेलाडी कुशल मल्ल, कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावाकर, विनोद भण्डारी रहेका छन । बलिङमा करण केसी र सुशान भारी बाहेक अरु बलरपनि जम्न सकेका छैन । करणले प्रतियोगितामा तीन खेलमा आठ विकेट लिएका छन । उनले ओमान विरुद्ध चार तथा अमेरीका विरुद्ध चार विकेट लिएका थिए । अन्तिम खेलमा नेपालसँग जित निकालेर प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा अमेरीका रहेको छ ।
वि.सं.२०७६ माघ २९ बुधवार ०९:२४




















