YouTube Link

एक दिवसीयमा क्रिकेटमा नेपाल ओमानसँग ८ विकेटले पराजित

Facebook Link

काठमाडौं: आईसीसी विश्व क्रिकेट लिग-२ मा ओमानले नेपाललाई ८ विकेटले पराजित गरेको छ । ओमनले २ सय ५० रनको लक्ष्य ४७.२ ओभरमा २ विकेट गुमाएर नेपाल बिरुद्ध यो दोस्रो जित निकालेको हो । ओमानका लागि अकिब ईल्यासले १ सय ९ रन बनाएका थिए । उनले १ छक्का र १२ चौका प्रहार गरेका थिए । त्यसैगरी जिसान मकसुदले ६८ रनको पारी खेलेका थिए ।

नेपालका लागि सुसन भारी र कुसल मल्लले १-१ विकेट लिएका थिए । नेपालले बलिङमा खासै उल्लेखनीय प्रदर्शन गर्न सकेन । नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै २ सय ४९ रन बनाएको थियो । नेपालका लगि कप्तान ज्ञानेन्द्र मल्लले ५६ रन बनाएका थिए । ७६ बल खेल्दै ज्ञानेन्द्रले ७ चौका र १ छक्का प्रहार गरेका थिए । त्यसैगरि पारस खड्काले ३८ रन बनाए भने बिनोद भण्डारीले ३५ रनको योगदान दिएका थिए । नेपाली ब्याटिङ तर्फ कुशल मल्ल र आरिफ शेखले २८-२८ रन बनाए भने सुवास खकुरेलले २२ रनको योगदान दिए ।

ओमानका लागि अकिब ईल्यासले ४ र मोहम्मद नदिमले ३ विकेट लिएका थिए । पहिलो खेलमा ओमानले नेपाललाई १८ रनले पराजित गरेको थियो । आइसीसी विश्व कप क्रिकेट लिग-२ सन् २०२३ मा आयोजना हुने विश्वकप क्वालिफायर खेल हो । लिग-२ मा नेपाल, अमेरिका, ओमान, स्कटल्यान्ड, नामिविया, युएई र पपुवा न्युगिनी रहेका छन् । उक्त लिग सन् २०१९ को अगस्टदेखि शुरु भएको हो ।

लिगको शीर्ष तीन टोलीले सन् २०२३ को विश्वकप क्रिकेटको छनोटमा सोझै स्थान बनाउने छन् । बाँकी चार टोलीले विश्वकप छनोटमा प्रवेश पाउनका लागि फेरी प्लेअफ खेल्नेछन् । उक्त प्लेअफमा लिग-२ बाट आउने चार टोली तथा च्यालेञ्ज लिगबाट आउने दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनोट सन् २०२२ मा आयोजना हुनेछ । विश्वकप छनोटमा सुपर लिगका पुछारका पाँच, लिगबाट आएका तीन तथा प्लेअफबाट आउने दुई टोली गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनोटको विजेता र उपविजेता टोलीले सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकप क्रिकेटमा भाग लिन पाउने छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

वि.सं.२०८३ असोज २५ आइतवार १२:५८

गोरखा: बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा रहेका...

दशैको पहिलो दिन आज घटस्थापना

दशैको पहिलो दिन आज घटस्थापना

वि.सं.२०८३ असोज २५ आइतवार १२:३९

काठमाडौं: नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...