YouTube Link

कांग्रेसको अवरोधकाबीच आज प्रतिनिधिसभा बैठक बस्दै, बैठकमा विभिन्‍न विधेयक पेश गर्ने कार्यसूची

World Cup 2026
Facebook Link

काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरिरहेको प्रतिनिधिसभा बैठक आज बस्दैछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना नेताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको विरोधमा प्रमुख प्रतिपक्षी दलले अवरोध गरिरहँदा सभामुख अग्‍निप्रसाद सापकोटाले आज पनि प्रतिनिधिसभा बैठक बोलाउनुभएको हो ।

आजको बैठकमा विभिन्न विधेयकहरु पेश गर्ने कार्यसूची तोकिएको संघीय संसदले जनाएको छ । आज प्रतिनिधिसभा बैठक बसेमा गृहमन्त्री रामबहादुर थापाले ‘कारागार विधेयक, २०७६’ पेश गर्ने कार्यसूची छ । प्रधानमन्त्रीका तर्फबाट ‘संघ, प्रदेश र स्थानीय तह अन्तरसम्बन्ध व्यवस्था विधेयक’ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त कुमार नेम्बाङले राष्ट्रिय सभामा ‘नेपाल इन्जिनियरिङ परिषद्, पहिलो संशोधन’ विधेयक छलफलका लागि पेश गर्ने सम्भावित कार्यसूची छ ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले राजनीतिक प्रतिशोधका आधारमा आफ्नो पार्टीका नेतालाई भ्रष्टाचारको मुद्दा लगाइएको र नेकपाका नेताहरुलाई जोगाउने काम गरेको भन्दै बिहीबार र शुक्रबारको संसद बैठक अवरोध गरेको थियो । बालुवाटारस्थित ललितानिवास जग्गा अनियमितता प्रकरणमा तत्कालीन उपप्रधानमन्त्री एवम् कांग्रेस उपसभापति विजय कुमार गच्छदारविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...