YouTube Link

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

Facebook Link

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टीको १४औं महाधिवेशनको आन्तरिक कार्यतालिका संशोधनसहितको प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश हुने कांग्रेसले जनाएको छ । महाधिवेशनको कार्यतालिकाको विषयलाई लिएर कांग्रेसभित्र चुलिएको आन्तरिक विवाद शीर्ष नेताको बैठकले टुंग्याएपछि केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

यसअघि केन्द्रीय समिति बैठक बहिस्कार गर्दै आएको संस्थापन इतर समूह पनि आजको बैठकमा सहभागी हुने कांग्रेसले जनाएको छ । अर्को वर्ष फागुन ७ देखि १० गते महाधिवेशन गर्ने मिति यथावत् राखेर आन्तरिक कार्यतालिका संशोधन गर्ने सहमति शीर्ष नेताबीच भएपछि आज बस्ने बैठकमा संशोधित कार्यतालिका पेश हुनेछ । शुक्रबार बसेको शीर्ष नेताले बैठकले आन्तरिक कार्यतालिका परिमार्जन गरी प्रस्ताव पेश गर्न महामन्त्रीद्धय डा. शशांक कोइराला र पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिएको थियो । पुस ११ गतेको केन्द्रीय समिति बैठकले अर्को वर्ष मंसिरमा स्थानीय अधिवेशन गर्ने गरी कार्यतालिका पारित गरेको थियो ।

२०७७ मंसिर ९ मा गाउँ नगर वडा अधिवेशन, मंसिर ११ मा गाउँ नगरपालिका अधिवेशन, मंसिर १५ मा प्रदेश सभा क्षेत्रीय अधिवेशन, मंसिर १७ गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन, मंसिर २५ मा जिल्ला अधिवेशन, पौष १५ गते र फागुन ७, ८, ९ र १० गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिकामा उल्लेख छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...