चेल्सी र आर्सनलले खेले बराबरी
वि.सं.२०७६ माघ ८ बुधवार ०९:२६
1.2K
shares
एजेन्सीः ईङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र आर्सनलले बराबरी खेलेका छन् । मंगलबार राति भएको खेलमा चेल्सी र आर्सनलले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको २६औ मिनेटमा डेबिड लुईस रातो कार्ड खादै मैदान बाहिरिएपछि आर्सनल १० खेलाडीमा सिमित बनेको थियो ।
खेलको अधिकांश समय १० खेलाडीमा सिमित बनेको आर्सनलले चेल्सीलाई २–२ को बराबरीमा रोक्दै अंक खोस्न सफल रह्यो । खेलमा अग्रता २८ औ मिनेटमा जोर्गिन्होको पेनाल्टी गोलबाट चेल्सीले लिएको थियो । ग्याब्रियल मार्टिनेलीको गोलमार्फत आर्सनल खेलमा फर्कियो । ब्राजिली युवा स्टारले ६३औ मिनेटमा गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काएका थिए । खेल सकिन ८ मिनेट अगाडी चेल्सीका कप्तान सिजर एजिपिलिकुएटाले गोल गर्दै घरेलु टोलीलाई पुन अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि हेक्टर बेलरिनले डिबक्स बाहिरबाट गोल गर्दै आर्सनललाई बराबरीमा ल्याए ।
वि.सं.२०७६ माघ ८ बुधवार ०९:२६



















