Texas College
YouTube Link

दोस्रो एकदिवसीय क्रिकेटमा भारतद्वारा अष्ट्रेलिया ३६ रनले पराजित

Facebook Link

एजेन्सीः घरेलु टोली भारतले दोस्रो एकदिवसीय क्रिकेटमा पाहुना टिम अष्ट्रेलियालाई पराजित गरेको छ । राजकोटमा शुक्रबार भएको खेलमा भारतले अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको हो । जितसँगै भारतले तीन खेलको सिरिजमा १-१ को बराबरी गरेको छ ।

यस अघि भएको पहिलो खेलमा अष्ट्रेलियाले १० विकेटको जित निकालेको थियो । भारतले दिएको ३ सय ४१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलिया ४९ ओभर १ बलमा अलआउट हुँदै ३ सय ४ रनमा समेटियो । अष्ट्रेलियाका स्टिभ स्मिथले ९८ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै मार्नुसले ४६ रन जोड्दा कप्तान आरोन फिन्चले ३३ रन बनाए । यस्तै एस्टोन अगरले २५ तथा केन रिचर्डसनले अविजित २४ रन बनाए । भारतका मोहमद शामीले ३ विकेट लिए । यस्तै नापदिप शैनी, रबिन्द्र जेडेजा र कुलदिप यादबले २/२ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ४० रन बनाएको थियो । भारतका लागि शिखर धवनले ९६ रनको अर्धशतकीय इनिङ्स खेल्दा लोकेश राहुलले ८० रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान विराट कोहलीले ७८ रन बनाउँदा रोहित शर्माले ४२ रन बनाए । अष्ट्रेलियाका एडम जाम्पाले ३ तथा केन रिचर्डसनले २ विकेट लिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

वि.सं.२०८३ वैशाख २१ सोमवार १४:४४

काठमाडौं: नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले सशस्त्र प्रहरी...

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...