YouTube Link

छुट्टै सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु, २३ जना घाइते

World Cup 2026
Facebook Link

काठमाडौः रुकुम (पश्चिम), झापा, म्याग्दी र बाँकेका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएका छन् ।

रुकुम (पश्चिम), त्रिबेणी गाउँपालिका-४ खुम्चेरीस्थित सडकमा सोही गाउँपालिका-७ मा रहेको साधारण उच्च माध्यामिक बिद्यालयमा राष्ट्रपति रनिङ सिल्ड खेलमा सहभागी भएका बिद्या बिकास माध्यामिक बिद्यालय जिवाङ र अन्धानाशक माध्यामिक बिद्यालय खुम्चेरीका बिद्यार्थीहरु बोकि जाँदै गरेको लु.१ त ९५९० नम्बर ट्याक्टर सडकबाट करिब २५ मिटर तल खसेर शनिबार बेलुका दुर्घटना हुँदा विद्या बिकास माध्यामिक बिद्यालय जिवाङमा अध्ययनरत १८ वर्षीय दल बहादुर बिकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य २० जना विद्यार्थीहरूलाई उपचारको लागि जिल्ला अस्पताल सल्ले पठाइएकोमा ४ जनालाई थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

झापा, दमक नगरपालिका-५ क्याम्पसमोडस्थित सडकमा बीआर ०१ जीएच ८७८८ भारतीय नम्बरको ट्रकले मे.१ ह ४९१९ नम्बरको अटो रिक्शालाई शनिबार बेलुका ठक्कर दिँदा अटो रिक्शा चालक दमक नगरपालिका-९ बस्ने ३९ वर्षीय हरि भुजेल र सोही स्थान बस्ने २४ वर्षीय सुरज साहको घटनास्थमलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य ३ जनालाई लाइफ लाईन अस्पताल दमक पठाएकोमा २ जना उपचारपछि डिश्चार्ज भएका छन् । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै म्याग्दी, अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित निलगिरी हाईड्रोपावरमा शनिबार साँझ डम्परले भिरमा माटो फाल्दै गर्दा करिब ५० मिटर तल पल्टिएर गम्भीर घाइते भएका डम्पर चालक नवलपरासी घर भएका २८ वर्षीय भगवन्त कुमार चौधरीको उपचारको लागि जिल्ला अस्पताल म्याग्दी तर्फ लाँदै गर्दा बाटोमै मृत्यु भएको छ ।

बाँके, नेपालगंज उपमहानगरपालिका-२० राँझा चोकस्थित सडकमा शनिबार दिउँसो भे.१ त ३२३० नम्बरको ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका सोही स्थान बस्ने सुरज कुसबन्दियाको ५ वर्षीय छोरा काला कुसबन्दियाको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटना भएका स्थानहरूमा तत्काल खटिगएको स्थानीय प्रहरीले उद्धार गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...