बार्सिलोना र स्पानियोलले खेले बराबरी
वि.सं.२०७६ पुस २० आइतवार ०८:१३
1.3K
shares
एजेन्सीः स्पेनिस लिगमा बार्सिलोना र स्पानियोलले बराबरी खेलेका छन् । शनिबार राती भएको खेलमा बार्सिलोनाले स्पानियोलसँग २–२ को बराबरी खेलेको हो । लिग तालिकाको पुछारमा रहेको टोलीसंग साविक विजेता बार्सिलोनाले बराबरी खेल्दै अंक बाँडेको हो ।
डभिड लोपेजले २३ औ मिनेटमा घरेलु टोली स्पानियोललाई अग्रता दिलाएका थिए । लुईस स्वारेजले ५० औ मिनेटमा खेल बराबरीमा ल्याए । अर्टुरो भिडालले ५९ औ मिनेटमा बार्सिलोनालाई अघि बढाएका थिए । फ्रेन्की डी जोङ ७५ औ मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि पाहुना टोली १० खेलाडीमा सिमित बनेको थियो ।
खेल सकिन दुई मिनेट अघि चीनियाँ खेलाडी उ लिले गोल गर्दै घरेलु टोलीलाई अंक दिलाउन सफल रहे । बार्सिलोनाविरुद्व गोल गर्ने उनी पहिलो चिनियाँ खेलाडी बने । लिले क्लबका लागि यस सिजन ६ गोल गरेका छन् । एक अंक जोड्दै बार्सिलोना तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
वि.सं.२०७६ पुस २० आइतवार ०८:१३




















