YouTube Link

बेलायती प्रधानमन्त्री जोनसन र विपक्षी पार्टीका नेता कोर्बिनबीच टेलिभिजन बहसमा आमनेसामने

Facebook Link

एजेन्सी: बेलायती प्रधानमन्त्री बोरिस जोनसन र विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनबीच अन्तिम चुनावी टेलिभिजन बहसमा आमनेसामने भएका छन् । बेलायतमा संसदको आमचुनाव आउन केही दिन बाँकी हुँदा आयोजित यो बहस निकै रोचक बनेको थियो ।

ब्रेक्जिट र ब्रिटेनको भविष्यका बारेमा दुई नेताले पुरानै शैली र योजना अघि सारेका थिए । युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) लाई समर्थन गर्ने कन्जर्भेटिभ्स पार्टीका नेता जोनसनले विपक्षी नेता कोर्बिनलाई एक अस्पष्टतावादी नेताका रुपमा चित्रण गर्ने कोशिस गरेको थियो । जोनसनको भनाईमा ब्रेक्जिटप्रति कोर्बिनमा कुनै दृढ अडान छैन, र यसले बेलायतलाई थप अनिश्चिततामा डुबाउँछ । त्यस अवसरमा नेता कोर्बिनले उपस्थित दर्शकहरूलाई कन्जर्भेटिभ्स सरकारले ल्याएको खर्च कटौतीको बारेमा सम्झना गराएका थिए । उनले प्रधानमन्त्री जोनसन बेलायतलाई हानि गर्ने किसिमबाट संयुक्तराज्य अमेरिकासँग व्यापार सम्झौता गर्नेतर्फ केन्द्रित भएको दाबी गरे । दुबै नेताले एकअर्कोको चरित्रलाई लिएर प्रश्न समेत गरेका थिए ।

प्रधानमन्त्री जोनसनले कोर्बिनलाई आफ्नो पार्टीमा मौलाएको धार्मिक कट्टरवाद वा धार्मिक घृणालाई रोक्न असफल भएको आरोप लगाएका थिए । बेलायतका दुई जना पूर्व प्रधानमन्त्रीले आफ्नै पार्टीका उम्मेदवारहरूका विचार सुनेपछि निराशा व्यक्त गरेका छन् । दुबै नेताले गत हप्ता लन्डनमा भएको घातक आक्रमणको विषयलाई लिएर पनि बहस गरेका थिए । प्रधानमन्त्री जोनसनले कोर्बिनलाई मुलुकको सुरक्षा मामिलामा कमजोर व्यक्ति रहेको भन्दै चित्रण गर्ने प्रयास गरेका थिए । तर नेता कोर्बिनले जोनसनकै सत्तारुढ दलले देशको प्रहरी र जेल सुधारका सेवाहरुमा व्यापक कटौती गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...