YouTube Link

“कोइँच उत्सव २०७६” हुँदै, चर्चित कलाकारहरुको प्रस्तुती रहने

Facebook Link

काठमाडौं: सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजले राष्ट्रिय सांस्कृतिक चाड तथा किरात कोइँच सुनुवारहरुको महान् चाड “श्याँदर (उधौली) ५०७९”को अवसरमा होलिस्टिक हस्पिटल तथा रिसर्च सेन्टरको मुख्य प्रायोजकमा सुनुवार  “कोइँच उत्सव २०७६” को आयोजना गर्न लागिएको आज पत्रकार सम्मेल मार्फत जानकारी दिएको छ ।

उत्सव यहि मंसिर २१ गते ब्राईट गोर्खाको कम्पाउण्ड तथा सुनुवार सेवा समाजको केन्द्रीय भवनमा आयोजना हुने जानकारी दिएको छ । उत्सवमा कोइँच सुनुवार जातिको कला, संस्कृति, भाषा, भेषभुषा, धर्म, रहन सहन र चाडको बारेमा जानकारी गराउन उत्सवले सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ । “कोइँच उत्सव २०७६” कार्यक्रममा सुनुवार समुदायको सांस्कृतिक झाँकीबाट सुरु हुने जनाएको छ । कार्यक्रममा विभिन्न खेलहरु पनि रहने आयोजकले जानकारी दिएको छ । उत्सव स्थलमा सुनुवार समुदायसँग तथा नेपाली संस्कृति सम्बन्धि कला र नि:शुल्क स्वास्थ्य जाँच, फेस पेन्टिङ, नेपाली मौलिक खाना, भेषभुषा, पुस्तक तथा विभिन्न सामाग्रीहरुको पनि स्टल राखिने जनाएको छ ।

कार्यक्रमको मुख्य आकर्षणको रुपमा सुनुवार समुदायका चर्चित कलाकारहरुको प्रस्तुति समेत रहने छ । जसमा नेपालकै चर्चित ब्याण्ड शिव मुखिया सुनुवार सम्मिलित “द एक्स ब्याण्ड” को प्रस्तुति रहने कार्यक्रममा गायिका पूजा सुनुवार, गायक महेश मुखिया सुनुवार, गायिका कल्पना सुनुवार, गायिका पुष्पा सुनुवार, हिपप आर्टिष्ट कोइँच जि, पियानो बादक उपेन्द्र लाल सिंह, नृत्यमा बृहशमान सुनुवार, पूजा सुनुवार लगायतका थुप्रै कलाकारहरुको आ-आफ्नो प्रस्तुति रहने आयोजकले जनाएको छ ।

उत्सवको मुख्य प्रायोजकमा होलिस्टिक हस्पिटल तथा रिसर्च सेन्टर रहेको छ भने सह-प्रायोजकमा होलिस्टिक हेल्थ, गोर्खा डेस्टिनि ट्रेनिङ सेन्टर, हिमालयन बिड्स प्रा.लि., किङ गोर्खा ट्रेनिङ सेन्टर, एट नोट म्यूजिक स्कुल रहेको छ । हस्पिटालिटी पार्टनरमा सुनुवार विद्यार्थी समाज, संघीय समिति तथा माउल्डिङ माइण्डस् मोन्टेश्वरी र भ्येन्यु पार्टनरमा ब्राईट गोर्खा ट्रेनिङ सेन्टर तथा सुनुवार सेवा समाज संघीय समिति रहेको छ । मिडिया पार्टनरमा ईन्डिजिनियस टेलिभिजन, सुनुवार डट ओआरजी, अखबार नेपाल डटकम, अखबार टाईम्स साप्ताहिक, अगुल्टो साप्ताहिक, साथी डट न्यूज रहेको प्रेस विज्ञप्ति मार्फत जानकारी गराईएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...