उत्तर कोरियाली नेता किमले किन हवाइ सेवा प्रयोग नगरेर रेल किन नै रोजे त
वि.सं.२०७५ फागुन १४ मंगलवार ०७:४३
2K
shares
यहि फ्रेबुअरी २७ र २८ तारिख हनोइमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङबीच दोश्रो शिखर वार्ता हुन लागेको छ । ट्रम्प र किमको सुरक्षा र वार्तालाई ध्यान दिदै भियतनाम सरकारले १० दिन देखि तयारी जारी राखेको छ ।
वार्तामा भाग लिन भन्दै किम वार्ता हुनु ५ दिन अघि अर्थात शनिवार नै देश छाडिसकेका छन् । हजुरबुबा किम इल सुङको पदचाप पछ्याउदै किम हरियो रेल मार्फत भियतानाम तर्फ गइरहेका छन् । किम इल सुङले कोरियाली प्रायद्धिपको विभाजन पछि आफ्नो पक्षमा समर्थन जुटाउन रेल मार्फत रुसी नेता जोसेफ स्टालिनलाई भेट्न मस्को पुगेका थिए ।
४ हजार किलोमिटर भन्दा लामो दुरीको यात्रा किमले रेलबाट गरिहेका छन् । उनका बुबा किम जोङ इलको विदेश यात्रा रेलबाट गर्ने पराम्परालाई पछ्याउदै किम पनि ६० घण्टे रेल यात्रामा निस्किएका हुन । शनिबार प्योङयाङबाट छुटेको रेल बेइजिङको क्वान्चाउ रुट हुदै दक्षिण सिमा तर्फ अगाडि बढिरहेको छ । रेलमार्फत चीन र भियतनामको सिमा क्वान्सी पुगेपछि भने १ सय ७० किलोमिटरको हनोइ यात्रा किमले विशेष कारगेड मार्फत तय गर्नेछन ।
किमको रेल र कार यात्राको सुरक्षालाई ध्यानमा राखी रेल र सडकमार्गमा सुरक्षा व्यावस्था कडा पारिएको छ भने किमको सवारी हुदाँ सडक पनि बन्द गरिएको छ । विश्वका सवैजसो राष्ट्र प्रमूखले हवाई यात्रा गरिरहदा किमले यति लामो यात्रा पनि किन रेलमार्फत गरे त ? पराम्परागत शैली र बेइजिङले दिएको हवाइजहाज भन्दा रेल यात्रा सुरक्षित हुन सक्ने भएकोले किमले पनि हरियो रेलको यात्रा गरेको विश्लेषक बताउँछन् ।
यद्यपी किम परिवारले विदेश यात्रामा रेल नै प्रयोग गर्नुको रहस्य फरक छ । किमका पिता किम जोङ इल भने हवाइ यात्रा गर्न डराउने गरेको बताइन्छ । हजारौ किलोमिटर पार गर्दै रेलबाट भियतनाम पुगेपछि बुधवार किमले ट्रम्पसँग आणविक निशस्त्रीकरणको वार्ता गर्नेछन् । सिंगापूरमा सम्पन्न वार्तामा भएको सहमतिलाई मुर्त रुप दिन पनि यो शिखर वार्ता महत्वपुर्ण हुने ठानिएको छ । विश्वको ध्यान तानिरहेको दोस्रो शिखर वार्ताको रिपोर्टिङका लागि अहिले विश्वभरबाट २ हजार ६ सय भन्दा बढी पत्रकार हनोइ पुगेका छन ।
हनोई वार्ता सफल भए प्राविधिकरुपमा युद्धको अवस्थामा रहेको कोरियाली प्रायद्धिपमा शान्ति र स्थायित्व कायम हुने र उत्तर कोरिया पनि आर्थिक रुपमा अगाडि बढ्ने विश्लेषण गरिएको छ । आइतबार ट्रम्पले वार्ता सफल हुने र उत्तर कोरियालाई आर्थिकरुपमा शक्तिसाली बन्ने अवसरको ढोका खुल्ने बताएका थिए । तर वार्ता पछिको परिणाम कता जान्छ त्यो हेर्न भने बाँकि छ ।।
वि.सं.२०७५ फागुन १४ मंगलवार ०७:४३


















