YouTube Link

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

Facebook Link

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि २०८३ असोज २६ गतेसम्म सञ्चालित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८४ औं समारोहको दीक्षान्त कार्यक्रम प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । ७९ जना प्रशिक्षार्थी प्रहरी निरीक्षकहरु दीक्षित भएको सो अवसरमा प्रधानमन्त्री शाहले तालिममा सर्वप्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक चोपबहादुर ढेंगालाई पुरस्कार प्रदान गरेका थिए ।

 

के भने प्रधानमन्त्री बालेन्द्र शाहले ?

यस समारोहमा सहभागी प्रहरी निरीक्षकहरु, जो १६ महिने आधारभूत तालिम पूरा गरेर आफ्नो कार्यक्षेत्रमा प्रवेश गर्दै हुनुहुन्छ । यसका लागि यहाँहरुलाई हार्दिक बधाई तथा सफलताको शुभकामना । आफ्ना छोराछोरीलाई यो चुनौतीपूर्ण पेशामा आबद्ध हुन निरन्तर प्रेरित गर्ने आदरणीय अभिभावक र परिवारजनप्रति विशेष आभार ।

 

दीक्षित हुनुभएका प्रहरी निरीक्षकहरुले यस तालिममा प्रहरी निरीक्षकको जिम्मेवारी निर्वाह गर्नका लागि आवश्यक ज्ञान र सीप पूर्णरुपमा हासिल गर्नुभयो भन्ने विश्वास छ । अब यसलाई व्यवहारमा उतार्न यहाँहरु पूर्ण रूपमा सक्षम हुनुहुनेछ भन्ने अपेक्षा गरेको छु ।

 

कुनै पनि पेशागत सफलताको पहिलो मानक नैतिकता, निष्ठा र इमानदारी हो । यो सँगै पेशागत आचरण र अनुशासन कायम गर्दै संविधान, प्रचलित कानून, नियम, कार्यविधि र मापदण्डहरुको सही रुपमा पालना गर्नु-गराउनुले पनि व्यक्तिलाई पेशागत सफलता हासिल गर्न मद्दत पुग्छ । जिम्मेवारीप्रतिको जवाफदेहिता पनि महत्वपूर्ण पक्ष हो । प्रहरी सेवामा आबद्ध सबैका लागि यी कुराहरु लागु हुन्छन् ।

 

सधैं अग्रभागमा खटिएर देशमा निरन्तर शान्ति-सुरक्षा कायम गर्ने, अपराध-अनुसन्धान गर्ने र कुनै पनि संकट आउँदा नागरिकको जीउधनको रक्षा गर्ने मुख्य जिम्मेवारी नेपाल प्रहरीको रहेकाले यो महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दा कुनै पनि किसिमको अनुचित प्रभावमा नपरी, भेदभाव नराखी, आफ्नो कर्तव्यमा अडिग रही नेपाल प्रहरीले सदैव आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गर्नेछ भन्ने विश्वास छ र आमनागरिकहरूलाई अनुभूत हुने गरी काम गर्न यहाँहरुलाई आग्रहसमेत गर्दछु ।

 

आज दीक्षित हुनुभएका प्रहरी निरीक्षक साथीहरु, यहाँहरुको असल कर्मले नै असल भविष्य निर्माण गर्नेछ । मलाई विश्वास छ, यहाँहरु कुनै पनि किसिमको दबाब र प्रभावमा पर्नुहुने छैन । आफ्नो संगठनको प्रोटोकलविपरीत व्यक्तिगत स्वार्थका गतिविधिमा संलग्न हुनुहुने छैन ।

 

सूचना प्रविधिले यहाँहरुको कामलाई छिटो, छरितो र पारदर्शी बनाउन सहयोग गर्छ । समयको बदलाबसँगै अपराधका स्वरुप र प्रवृत्तिहरु पनि बदलिएका छन् । अपराधको निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रमाणमुखी अनुसन्धानका लागि सूचना र प्रविधिको सही सदुपयोग गर्न जरुरी छ । यसमा समग्र प्रहरी संगठन, नेतृत्व, प्रशिक्षकलगायतको पनि महत्वपूर्ण भूमिका रहन्छ । सरकार यस प्रकारको अनुसन्धानको लागि आवश्यक पर्ने स्रोत-साधन उपलब्ध गराउन र यहाँहरुप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्न सधैं प्रतिबद्ध छ ।

 

 

अन्य विधामा प्रशिक्षार्थी दीक्षित प्रहरी निरीक्षकहरुलाई पुरस्कार
दीक्षान्त कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले तालिममा सर्वद्वितीय हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक बालकृष्ण पोखरेल, सर्वतृतीय प्रशिक्षार्थी प्रहरी निरीक्षक विशाल पौडेल, शारीरिक क्षमता तथा आत्मबल अभिबृद्धि प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक गोपाल राई, प्रहरी युक्ति तथा कारवाही प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक राजकुमार जिटी, चाँदमारी प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक विकासकुमार धामीलाई पुरस्कार प्रदान गरेका थिए । साथै उनले कवाज तथा अध्ययन प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक चोपबहादुर ढेंगालाई ‘कुलानन्द विद्या पुरस्कार’ समेत प्रदान गरे ।

 

प्रहरी महानिरीक्षक दानबहादुर कार्की भन्छन्
कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दीक्षित हुन लागेका प्रहरी निरीक्षकहरूलाई हार्दिक बधाई तथा सफल व्यवसायिक जीवनको शुभकामना व्यक्त गरेका थिए । दीक्षित भएका प्रहरी अधिकृतहरूले नेपाल प्रहरीको गौरवशाली विरासतलाई आत्मसात् गर्दै सक्षम, व्यवसायिक, प्रविधिमैत्री, निष्पक्ष र नागरिककेन्द्रित प्रहरी सेवाको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास उनले व्यक्त गरे ।

 

प्रहरी महानिरीक्षक कार्कीले प्रहरी निरीक्षक पद केवल एउटा दर्जामात्र नभई यो नेतृत्व क्षमता, निर्णय गर्ने सामर्थ्य र उत्तरदायित्व बहन गर्ने योग्यताको महत्वपूर्ण परीक्षा भएको चर्चा गर्दै दीक्षित प्रहरी अधिकृतहरूले आफ्नो पदीय मर्यादा, व्यवसायिक निष्ठा, इमानदारिता र अनुशासनमा कुनै पनि सम्झौता नगरी व्यक्तिगत स्वार्थ, बाह्य प्रभाव र अनुचित दबाबबाट माथि उठेर कानूनको निष्पक्ष कार्यान्वयन गर्न दीक्षित प्रहरी अधिकृतहरूलाई आग्रह गरे । विशेषगरी महिला, बालबालिका, जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति तथा अन्य संवेदनशील समूहसँग सम्बन्धित घटनामा संवेदनशीलता, गोपनीयता र पीडितकेन्द्रित दृष्टिकोणलाई सदैव प्राथमिकता राखी कार्य गर्नसमेत उनले आग्रह गरे ।

 

प्रहरी महानिरीक्षक कार्कीले समयसँगै समाज, प्रविधि र सुरक्षा परिवेशमा आएको परिवर्तनले प्रहरी सेवाको स्वरूप र जिम्मेवारीमा पनि परिवर्तन ल्याएको उल्लेख गर्दै नेपाल प्रहरीले यी बदलिँदा चुनौतीहरू अनुरूप आफ्नो कार्यशैली, क्षमता र प्रविधिलाई निरन्तर अध्यावधिक गर्दै आएको बताए । साइबर तथा डिजिटल अपराधदेखि अन्तरदेशीय अपराध र विपद् व्यवस्थापनलगायतका नयाँ चुनौतीहरूको प्रभावकारी सामना गर्नु प्रमुख जिम्मेवारीको रूपमा रहेको बताउँदै नेपाल प्रहरीलाई सक्षम, सुदृढ, पारदर्शी, प्रविधिमैत्री तथा नागरिकप्रति उत्तरदायी संगठनका रूपमा रूपान्तरण गर्न निरन्तर प्रयासरत रहेको प्रहरी महानिरीक्षकले बताए । सूचना प्रविधि, डिजिटल प्रणाली र कृत्रिम वुद्धिमत्ताको विवेकपूर्ण प्रयोगसँगै मानवअधिकार, कानूनी प्रक्रिया र व्यवसायिक विवेकलाई केन्द्रमा राख्दै सेवा प्रवाह र कार्यसम्पादनलाई थप प्रभावकारी, पारदर्शी, परिणाममुखी बनाउनु संगठनको प्राथमिकता रहेको उनले उल्लेख गरे ।

 

प्रशिक्षार्थीहरुको तालिम, शपथ र दर्ज्यानी चिन्ह
कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरूलाई शपथ ग्रहण गराएका थिए भने प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै २०८२ जेठ २३ गतेबाट शुरू भएको उक्त तालिममा ८ महिला सहित कुल ७९ जना प्रहरी निरीक्षकहरू सहभागी भएकोमा सबैजनाले सफलतापूर्बक तालिम सम्पन्न गरेको जानकारी दिएका थिए । प्रशिक्षार्थीहरूले कवाज प्रदर्शन तथा नेपाल प्रहरी संगीत विद्यालयद्वारा सांगीतिक धुन प्रस्तुत गरिएको उक्त कार्यक्रममा दीक्षित प्रहरी निरीक्षकहरूलाई आ-आफ्ना अभिभावकहरूले दर्ज्यानी चिन्ह सुशोभन गरेका थिए ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

वि.सं.२०८३ असोज २६ सोमवार १२:४६

काठमाडौं: रिबन इन्टरटेनमेन्टद्वारा आयोजित 'व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६' अन्तर्गतको...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

वि.सं.२०८३ असोज २५ आइतवार १२:५८

गोरखा: बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा रहेका...

दशैको पहिलो दिन आज घटस्थापना

दशैको पहिलो दिन आज घटस्थापना

वि.सं.२०८३ असोज २५ आइतवार १२:३९

काठमाडौं: नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...