व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न
वि.सं.२०८३ असोज २६ सोमवार १२:४६
195
shares
काठमाडौं: रिबन इन्टरटेनमेन्टद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्लैम नाइट’ सम्पन्न भएको छ । कार्यक्रममा नेपाली कला, मनोरञ्जन र फेसन क्षेत्रका चर्चित व्यक्तिहरूको उल्लेखनीय उपस्थिति तथा विभिन्न सांगीतिक र हास्य प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।
विवाहित महिलाहरूको सशक्तीकरण र फेसन शो व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६ अन्तर्गतको ‘द ग्लैम नाइट’ मा प्रतियोगीहरू तीन विशेष पहिरनमा मञ्चमा प्रस्तुत भएका थिए । विवाहित महिलाहरूको सौन्दर्य, आत्मविश्वास, व्यक्तित्व र फेसनलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘द ग्लैम नाइट’ फेसन शो आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले जानकारी गराए । शोमा प्रतियोगीहरूले ब्राइडल, निभिया र गाउन सिक्वेन्समा र्याम्प वाक गरेका थिए ।

ब्राइडल सिक्वेन्स: प्रतियोगीहरूले ब्राइडल सिक्वेन्समा परम्परागत दुलही पहिरनको सौन्दर्य, संस्कृति र आकर्षण प्रस्तुत गरेका थिए ।
निभिया सिक्वेन्स: सौन्दर्य तथा व्यक्तिगत हेरचाहसँग सम्बन्धित ब्रान्ड प्रवर्द्धनलाई फेसनसँग जोडिएको थियो ।
गाउन सिक्वेन्स: प्रतियोगीहरूले आफ्नो व्यक्तित्व, आत्मविश्वास र र्याम्प प्रस्तुतिको क्षमता प्रदर्शन गरेका थिए । सो सिक्वेन्सको कोरियोग्राफी निशा बराइलीले गरेका थिए ।

व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६ को तयारी तथा प्रवर्द्धनात्मक गतिविधि अन्तर्गत आयोजित ‘द ग्लैम नाइट’ ले प्रतियोगीहरूलाई आफ्नो प्रतिभा, शैली र प्रस्तुति क्षमता देखाउने अवसर प्रदान गरेको छ । यसले विवाहित महिलाहरूको आत्मविश्वास, पहिचान र व्यक्तित्व विकासलाई प्रोत्साहन गर्ने अर्का आयोजक शिला बास्तोलाको विश्वास छ । रिबन इन्टरटेनमेन्ट प्रालिले आयोजना गर्दै आएको मिसेज नेपाल वर्ल्ड विवाहित महिलाहरूको प्रतिभा प्रदर्शन, व्यक्तित्व विकास तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्ने सौन्दर्य प्रतियोगिता हो ।
वि.सं.२०८३ असोज २६ सोमवार १२:४६



















