YouTube Link

दशैको पहिलो दिन आज घटस्थापना

Facebook Link

काठमाडौं: नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कल र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

 

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ । जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराई बताउनुहुन्छ । कुल परम्परा अनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधीका रूपमा समेत प्रयोग गरिन्छ ।

 

आजैका दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ । दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।

 

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीजलगायत राक्षसलाई वध गर्न लिएका नौवटा रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा, आजा र आराधना गर्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ ।

 

नौ दिन नौ दुर्गाको पूजा
यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा भन्ने गरिन्छ । आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ ।

 

दुर्गाको प्रतीकका रूपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै गरी नौवटी कन्याको पूजा समेत गर्ने गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्षमाथिका हुनुपर्ने शास्त्रीय विधान छ । बडादसैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दसैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशष पूजा गर्छन् । नवरात्रभर दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ पारायण पनि गर्ने गरिन्छ । यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती र पलाञ्चोक भगवती लगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो समेत हुनेगर्छ ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

वि.सं.२०८३ असोज २५ आइतवार १२:५८

गोरखा: बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा रहेका...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...