YouTube Link

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

Facebook Link

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

 

प्रतियोगितामा ३ विधामा ४४ टिमको सहभागिता रहने माफका सदस्य एवं गोल्डेनपिक हाइ स्कुलका प्राचार्य छत्रमणि राईले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा १५, गल्र्समा १६ र जुनियर ब्वाइजमा १३ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

 

तीनै विधाका सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूहमा शीर्ष २ स्थानमा रहने टोली क्वार्टरफाइनलमा पुग्ने छन् ।

 

गोल्डेनपिकको संयोजन तथा व्यवस्थापनमा हुन लागेको प्रतियोगितामा माफमा आबद्ध विद्यालयका टिमको मात्र सहभागिता रहने छ । माफमा १६ विद्यालय आबद्ध छन् ।

 

प्रिन्सिपल राईले विद्यालय तहमा बास्केटबल खेलको विकास, विस्तार तथा प्रवर्धन गर्नुका साथै विद्यालयमा रहेका प्रतिभावान खेलाडीहरूको पहिचान, क्षमता विकास र खेलप्रतिको रुचि अभिवृद्धि गर्नु प्रतियोगिताको मुख्य उद्देश्य भएको बताए ।

 

माफले वार्षिक कार्यक्रम अनुसार बास्केटबल, भलिबल, फुटसल प्रतियोगितासहित विविध अत्तिरिक्त क्रियाकलापका प्रतिस्पर्धा गराउदै आएको छ । खेलहरु काठमाडौं महानगरपालिका वडा ६, सरस्वतीनगरस्थित गोल्डेनपिककै कोर्टमा खेलाइने छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...