१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु
वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८
144
shares
काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी सुरु भएको छ । नाडा अटोमोबाईल्स एसोसिएसन अफ नेपालद्वारा आयोजित ६ दिनसम्म चल्ने प्रदर्शनीले तीव्र रूपमा विकसित भइरहेको नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको समग्र आर्थिक, सामाजिक एवं व्यावसायिक प्रतिबिम्बलाई प्रस्तुत गरिएको छ ।
नाडाको ५०औं वार्षिकोत्सवको उपलक्ष्यमा यस नाडा अटो शो को १८औं संस्करणलाई स्वर्ण उत्सव संस्करणको रूपमा भव्यताका साथ आयोजना गरिएको छ । यस प्रदर्शनीमा साना ठूला गरी २०० भन्दा बढी स्टलहरू रहेका छन् जसमा २३ वटा ब्राण्डका पेसेन्जर कार भेहिकल (पीसीबी), १७ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल (एलसीभी), १३ वटा ब्राण्डका दुई पांग्रे, १० वटा वित्तीय एवं बीमा सेवा प्रदायकहरू तथा ७० वटा अटोमोटिभ पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरण, र अटोमोबाइल सम्बन्धी अन्य उत्पादन र सेवाहरू प्रदर्शन गरिएका छन् । यी स्टलहरूमा नेपालमा एसेम्बल हुने सवारी साधन, ल्युब, व्याट्री, हेल्मेट एवं अन्य सामाग्रीहरू समेत रहेका छन् ।
तस्बीरहरुः हर्कराज गुरुङ
















वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८



















