YouTube Link

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

Facebook Link

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्दैछन् । आइतबार प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा चार दिने नेपाल भ्रमणमा आएका सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ सेनापतिको सम्मान प्रदान गरेका थिए ।

 

गत जुन ३० मा भारतीय सेनाको नेतृत्वमा सम्हालेका जनरल सेठले कार्यभार सम्हालेको ६ महिनाभित्रै पहिलो विदेश भ्रमणका रुपमा नेपाल आएका हुन् । नेपाल र भारतका सेना प्रमुख एक अर्काका मुलुकका मानार्थ सैन्य प्रमुख हुने परम्परा छ ।

 

सन् १९५० देखि नेपाल र भारतबीचको विशेष सैन्य सम्बन्धको महत्त्वपूर्ण प्रतीकका रूपमा दुवै देशका प्रधानसेनापतिलाई एक-अर्को देशको मानार्थ महारथीको दर्जा दिने परम्परा रहँदै आएको छ । यसलाई विशेष सैन्य सम्बन्धको महत्त्वपूर्ण प्रतीकका रूपमा लिइन्छ । यो परम्परा नेपाल र भारतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको वर्ष सन् १९५० देखि सुरु भएको हो । भारतीय सेनाका प्रथम प्रधानसेनापति जनरल के.एम. करिअप्पा नेपालबाट मानार्थ महारथीको दर्जा प्राप्त गर्ने पहिलो भारतीय सेना प्रमुख हुन् ।

 

नेपाली सेनाका तत्कालीन प्रधानसेनापति जनरल किरण शमशेर राणालाई भारतबाट मानार्थ महारथीको दर्जा प्राप्त गर्ने पहिलो नेपाली सेना प्रमुखका रूपमा उल्लेख गरिन्छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...

अविरल वर्षाका कारण जाजारकोट पहिरामा परि दुई जनाको मृत्यु

अविरल वर्षाका कारण जाजारकोट पहिरामा परि दुई जनाको मृत्यु

वि.सं.२०८३ साउन ३१ आइतवार ११:१८

जाजरकोट: अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा गएको...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

वि.सं.२०८३ साउन २५ सोमवार १५:१९

तीन दिनसम्म चल्ने 'तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६' मा विश्वभर...