YouTube Link

नेपालले भुटानसँग खेल्दै प्रतियोगिता सुरु गर्दै

World Cup 2026
Facebook Link

काठमाडौं:  साफ महिला च्याम्पियनसिप २०२६ को उद्घाटन खेलमा आज नेपालले भुटानसँग खेल्दैछ । खेल आज दिउँसो ४:४५ बजे गोवा राज्यस्थित मडगाउँ शहरको जवाहरलाल नेहरु रंगशालामा सुरु हुनेछ ।

 

आठौं संस्करणसम्म आईपुग्दा ६ पटक उपविजेतामा सीमित नेपालले यसपटक च्याम्पियन बन्दै इतिहास रच्ने लक्ष्य राखेको छ । ७ मध्ये ६ संस्करणमा फाइनल पुगे पनि अहिलेसम्म उपाधि हात पार्न नसक्नु नेपालको लागि दुर्भाग्य बनेको छ । यसपटक भने त्यो इतिहास बदल्ने दृढ अठोटसहित टोली भारत पुगेको छ ।

 

मुख्य प्रशिक्षक नवीन न्यौपानेका लागि साफ च्याम्पियनसिप क्षेत्रीय प्रतियोगितामात्र नभइ प्रतिष्ठा र पहिचानको लडाइँ हो । टोलीमा अनुभवी र युवा खेलाडीको सन्तुलित संयोजन देखिन्छ । अनिता बस्नेत, हिरा भुजेल र गीता रानाजस्ता सिनियर खेलाडीले टोलीको मनोबल बलियो बनाउने छन् । युवा खेलाडीका लागि पनि साफ च्याम्यिनसिप आफ्नो क्षमता प्रमाणित गर्ने मञ्च हो ।

 

टोलीलाई सबैभन्दा धेरै अभाव सावित्रा भण्डारी साम्बा र सविता रानाको खड्किने छ । यी दुवै अनुभवी खेलाडीले चोटका कारण प्रतियोगिता गुमाएका छन् । ६ टोली सहभागी हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । यस समूहमा भुटान र श्रीलंका छन् । समूह ‘बी’ मा साविक विजेता बंगलादेश, भारत र माल्दिभ्स छन् । त्यसैले सेमिफाइनलमा नेपालले बलियो प्रतिद्वन्द्वीको सामना गर्नुपर्ने लगभग निश्चित छ ।

 

नेपालले जेठ १७ मा श्रीलंकासँग खेल्ने तालिका छ । सेमिफाइनल २० र फाइनल खेल २३ गते खेलिने छ । पछिल्लो समय नेपाली फुटबलमा देखिएको शक्ति संघर्षको असर खेलाडीमा पनि परेको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

क्वाटरफाइनलमा स्विट्जरल्यान्डको भिडन्त अर्जेन्टिनासँग

क्वाटरफाइनलमा स्विट्जरल्यान्डको भिडन्त अर्जेन्टिनासँग

वि.सं.२०८३ असार २४ बुधवार ११:४८

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा...

इजिप्टमाथि अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन जित, जितपछि भावुक बने मेस्सी

इजिप्टमाथि अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन जित, जितपछि भावुक बने मेस्सी

वि.सं.२०८३ असार २४ बुधवार ११:२१

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को अन्तिम १६ मा अर्जेन्टिनाले...

अर्जेन्टिना र इजिप्ट भिड्दै, कसले मार्ला बाजी ?

अर्जेन्टिना र इजिप्ट भिड्दै, कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार २३ मंगलवार १३:२४

काठमाडौं: साविक विश्व विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को अन्तिम...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

वि.सं.२०८३ असार २३ मंगलवार १२:२२

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन...