YouTube Link

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

Facebook Link

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला गरेको छ । इजरायल-अमेरिका तथा इरानबीचको युद्धका कारण स्थगति पुन: श्रम स्वीकृति खुला गरिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ३१ चैत २०८२ मा बसेको मन्त्रीस्तरीय निर्णयबाट इजरायल, कुवेत, बहराइन र लेबनानको पुन: श्रम स्वीकृति खुला गरिएको हो ।

 

इराकका हकमा भने ११ पुस २०८२ को निर्णय बमोजिम हुने गरी श्रम स्वीकृति प्रदान हुने वैदेशिक रोजगार विभागले जनाएको छ । श्रम मन्त्रालयले १७ फागुन २०८२ को मन्त्रीस्तरीय निर्णय गर्दै पश्चिम एसिया तथा खाडी मुलुक साउदी अरब, यूएई, कतार, ओमान, यमन, जोर्डन, टर्की, इजरायल, कुवेत, बहराइन, लेबनान र इराकको श्रम स्वीकृति तथा पुन: श्रम स्वीकृति स्थगन गरेको थियो ।

 

इरानले खाडीमा रहेका अमेरिकी सैन्य बेस क्याम्प निसाना बनाएर ड्रोन तथा क्षेप्यास्त्र प्रहार गर्दै आएको थियो । जसले गर्दा ती देशमा रहेका नेपालीको सुरक्षा चुनौती बढ्न थालेपछि सरकारले श्रम स्वीकृति र पुन: श्रम स्वीकृति स्थगन गरेको थियो । ३ चैत २०८२ मा साउदी, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीको पुन: श्रम स्वीकृति खुला गरिएको थियो ।

 

परराष्ट्र मन्त्रालय अन्तर्गतको ‘इमर्जेन्सी रेस्पोन्स टिम’ (ईआरटी) को सिफारिसका आधारमा श्रम मन्त्रालयले बाँकी देशको समेत पुन: श्रम स्वीकृति खुला गरेको हो । श्रम स्वीकृतिका हकमा भने ती देशको परिस्थिति सामान्य बनेपछि मात्रै निर्णय गरिने श्रम मन्त्रालयले जनाएको छ ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...