YouTube Link

झापा ५ का लागि वालेन्द्र शाहको आफ्नो चुनावी वाचापत्र सार्वजनिक, के-के छन् वाचापत्रको योजना ?

Facebook Link

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा क्षेत्र नम्बर-५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार वालेन्द्र शाहले आफ्नो चुनावी वाचा पत्र सार्वजनिक गरेका छन् । झापा क्षेत्र नम्बर ५ का समस्या र एजेण्डा समेटेर बाचा पत्र सार्वजनिक गरेका हुन् । उनले बेथिति र भ्रष्टाचार विरुद्ध संसदमा सशक्तरूपमा उभिने मुख्य संकल्पका साथ शाहले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राखेका छन् । वाचा पत्रमा राजनीतिलाई पेसा नबनाउने दाबी गरेका छन ।

 

बाचा पत्रमा भनिएको छ-, ‘राजनितीलाई सेवा बनाउनेछु र जनताको विश्वासलाई काममा रूपान्तरण गर्नेछु । भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता र सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउने प्रयत्न गर्ने छु ।’ उनले विद्यालय छोड्ने दर शून्यमा झार्ने र सामुदायिक विद्यालयमा ‘स्मार्ट क्लास’ तथा प्रयोगशाला स्थापना गर्ने बताएका छन । यस्तै, स्वास्थ्य क्षेत्रमा विपन्न परिवारका लागि नि:शुल्क उपचारको ग्यारेन्टी, दमक अस्पताललाई ३०० बेडमा स्तरोन्नति गर्ने र घर-घर स्वास्थ्य सेवा कार्यक्रमझ मार्फत ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने प्रतिबद्वता जनाएका छन । बाचा पत्रमा झापा-५ को मुख्य आधार कृषिलाई आधुनिकीकरण बताएका छन ।

 

बाचा पत्रमा भनिएको छ, ‘कन्काई-रतुवा सिँचाइ योजना’ विस्तार र ‘एक पालिका, एक शीत भण्डार’ को अवधारणा ल्याइएको छ। यस्तै, पूर्वाधारतर्फ दमक-रवि-चिसापानी सडकको पूर्णता, हुलाकी सडक र पुलहरूको समयमै निर्माण, दमकलाई ‘स्मार्ट सिटी’ का रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण गरिन्छ ।’ उनले भूमिहीन र सुकुम्वासी समस्या समाधानका लागि कानुन निर्माण गर्ने र व्यवस्थित बसोबासको ग्यारेन्टी गर्ने बताएका छन । शाहले ‘जनअपेक्षा अनुरूपको काम गर्न आएको हुँ, काम गर्न दिनुहोला’ भन्दै मतदातासँग अपिल गरेका छन् ।

 

पार्टीको केन्द्रीय लाइन प्रदेश संरचनालाई नगन्ने खालको छ, तर उम्मेद्वार शाहले भने सोही संरचनालाई अधिकार प्रत्यायोजन गर्ने बाचा गरेर मतदातामा आफू सङ्घीयताको पक्षधर भएको स्पष्ट पार्न खोजेका छन् । यसअघि उनले प्रदेशको सांसद र मन्त्रीहरूका कारण खर्च बढेको छ भन्ने मतदाताको प्रश्नको उत्तर दिँदै त्यो खर्च सानो अंश मात्रै भएको बताएका थिए । सुकुम्वासी समस्या समाधानका लागि केन्द्रले नीतिगत र कानुनी सुधारको कुरा गरेको छ । तर, उम्मेदवार शाहले भने १ हजार दिनमा समस्या सल्टाउने दाबी गरेका छन् । उनलाई यसअघि सुकुम्वासी बस्तीमा डोजर चलाउने व्यक्तिको रूपमा विपक्षीहरूले चित्रित गरिरहेका थिए । त्यही सन्दर्भमा उनले सुकुम्वासी समस्या १ हजार दिनमा सल्टाउने वाचा गरेका हुन् ।

 

‘झापा–५ का भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासको समस्यालाई न्यायोचित र दिगो समाधान गर्न… १०० दिनमा आयोग, १००० दिनमा समाधान नीति अवलम्बन गरी अधिकार सम्पन्न आयोग मार्फत सुकुम्वासी समस्या समाधान गरिनेछ,’ बालेनको घोषणपत्रमा उल्लेख छ । केन्द्रीय वाचापत्रमा भने यस्तो कुनै समयसीमा तोकिएको छैन ।

 

रास्वपाको केन्द्रीय वाचापत्रले ५ वर्षमा मुलुकलाई रेमिट्यान्स मुक्त बनाउने लक्ष्य राखेको छ । ‘आगामी पाँच वर्षभित्र नेपाललाई रेमिट्यान्सको मात्र भर पर्ने परनिर्भरताबाट मुक्त गरी उत्पादन र निर्यात–उन्मुख अर्थतन्त्रतर्फ मोडिनेछ,’ केन्द्रको वाचापत्रमा उल्लेख छ । तर, बालेनले वैदेशिक रोजगारीलाई एउटा निरन्तर प्रक्रियाको रूपमा स्विकार्दै पर्यटन र उद्योग खण्डमा अर्कै कुरा गरेका छन् । ‘वैदेशिक रोजगारीबाट फर्केकाहरूका लागि उद्यम प्रवर्धन कार्यक्रम सञ्चालन गरिनेछ,’ बालेनले भनेका छन् । केन्द्रले लोकप्रियताका लागि रेमिट्यान्स मुक्तको कुरा गरे पनि बालेनले त्यसलाई असम्भव ठानेको बुझिन्छ ।

 

केन्द्रीय वाचापत्रले कक्षा १२ सम्मको शिक्षालाई पूर्ण निःशुल्क र राष्ट्रिय शिक्षा नीतिमा जोड दिएको छ । तर, बालेनले भने आफ्नो क्षेत्रमा काठमाडौँ महानगरपालिकाले आफ्नो पालामा सञ्चालन गरेको कार्यक्रमलाई सापट लिएका छन् । ‘काठमाडौँ महानगरमा लागू गर्दै आएको शिक्षामा सीप कार्यक्रम कार्यान्वयन गरी विद्यार्थीहरूको विदेश जानुपर्ने बाध्यतालाई न्यूनीकरण गरिनेछ,’ बालेनको वाचापत्रमा उल्लेख छ । केन्द्रले देशभर एउटै नेशनल करिकुलमको कुरा गर्दा स्थानीय उम्मेदवारले एउटा विशेष नगरको मोडेललाई झापामा लागू गर्ने कुरा गर्नुले नीतिगत एकरूपतामा भने कमी देखाउन सक्छ ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...