YouTube Link

घरपरिवार सहकारीको १३औँ साधारणसभा : सयौं वर्ष चल्ने आधार तय गरेको दावी

Facebook Link

भक्तपुरः भक्तपुरको सूर्यविनायक-४, दधिकोटमा अवस्थित घरपरिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औँ  वार्षिक साधारणसभा सम्पन्न भएको छ । नियामक निकायले सहकारीको साधारसभासम्बन्धी तोकेको मापदण्डअनुसार सम्पन्न १३औँ वार्षिक साधारणसभामा घरपरिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सल्लाहकार एवं वरिष्ठ पत्रकार ताराचन्द्र देवकोटाले नेपालमा हल्लै-हल्लाले सहकारीजस्तो पवित्र अभियानमा धक्का लागेको भन्दै हल्लाको पछि नलागेर वास्तविकता बुझ्नुपर्ने बताएका थिए ।

 

वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष श्रीकृष्ण विष्टले घरपरिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेड सयौं वर्ष चल्ने आधार तय गरेर अघि बढेको बताउँदै सदस्यहरुले संस्थालाई जति धेरै माया गर्नुभयो, उति गुणस्तरीयता बढाउन मद्दत पुग्ने भएकाले संस्थालाई गुणस्तरीय रुपमा अघि बढाउन सबैको सदा झैं साथ- सहयोग र समर्थनको अपेक्षा गरे । हजारौं सदस्यहरुको अपार माया पाएकोमा गर्व गर्दै अध्यक्ष विष्टले भने- ‘सदस्यहरुको दरिलो साथ-सहयोग अनि विश्वास र सदाशयताविना सम्भवतः आजको दिनसम्म आइपुग्न सम्भव थिएन । ‘

 

 

सञ्चालक सदस्य तथा ऋण लगानी उपसमितिका संयोजक लेखबहादुर विष्टको स्वागत मन्तव्यबाट शुरु भएको १३औँ वार्षिक साधारणसभामा प्रस्तुत सचिव यादव सिलवाल, कोषाध्यक्ष रामशरण खत्री र लेखा सुपरीवेक्षण समितिका संयोजक रुपहरि (सरोज) अधिकारीको प्रतिवेदनले घरपरिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेड सूर्यविनायक नगरपालिकामा उत्कृष्ट सहकारी बन्ने मार्गमा क्रियाशील रहेको देखाउँछ । कोषाध्यक्षको प्रतिवेदनमा उल्लेखित गत आर्थिक वर्षको विवरण र चालु आर्थिक वर्ष २०८२/०८३ को लागि तोकिएको लक्ष्यले उक्त सहकारी सदस्यहरुबीच कति लोकप्रिय छ भन्ने पनि झल्काउँछ ।

 

१३ वर्षअघि हालका दर्शनाचार्य गद्यकवि लक्ष्मीप्रसाद ढकालले घरपरिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नाम जुराएका थिए । कार्य क्षेत्रभित्रका सदस्यहरु र संस्थाबीचको सम्बन्धले अहिले ‘घरपरिवार’ नाम सान्दर्भिक लाग्ने सदस्यहरु नै बताउँछन् । सञ्चालक सदस्य बलराम सिलवालले सञ्चालन गरेको १३औँ वार्षिक साधारणसभा कार्यक्रममा जेष्ठ सदस्य रोमबहादुर खत्री र मैया विष्ट, उत्कृष्ठ कारोबारी सदस्य बच्चु खत्री र भीमनाथ खनाललाई सम्मानसमेत गरिएको जानकारी व्यवस्थापक उद्धवराज सिलवाल खत्रीले दिएका छन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...