YouTube Link

एनपीएलमा आज दुई खेलहरु हुँदै, पहिलो खेल जनकपुर र विराटनगर तथा दोस्रो खेल सुदूरपश्चिम र कर्णालीबीच प्रतिस्पर्धा

World Cup 2026
Facebook Link

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेलहरु हुँदै छन् । पहिलो खेल बिहान ११:४५ बजे जनकपुर बोल्ट्स र विराटनगर किङ्स तथा दोस्रो खेल अपरान्ह ४ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ ।

 

विराटनगर र सुदूरपश्चिम अपराजित यात्रा कायम राख्ने लक्ष्यमा हुनेछन् भने जनकपुर र कर्णालीका लागि पुनरागमनको दबाब छ । जारी संस्करण विराटनगरले बलियो उपस्थिति देखाइरहेको छ । पहिलो खेलमा पोखरा र दोस्रो खेलमा काठमाण्डुविरुद्ध फराकिलो जित निकाल्दै विराटनगर सहज रुपमा प्लेअफ पुग्ने बाटोमा छ । गत संस्करणमा राम्रो प्रदर्शन गर्न नसकेको विराटनगरलाई यस पटक उपाधिको दाबेदार मानिएको छ ।

 

घरेलु र विदेशी खेलाडीको तालमेलले गति लिनु विराटनगरको बलियो पक्ष भएको छ । यता, साबिक विजेता जनकपुर पहिलो खेलमै काठमाण्डुसँग ५ विकेटले स्तब्ध बन्यो । उपाधि रक्षा अभियानमा रहे पनि जनकपुरले एकाध बाहेकका खेलाडीबाट योगदान पाउन सकेको छैन । कागजी रुपमा बलियो देखिए पनि अपेक्षाकृत प्रदर्शन गर्न नसकेको जनकपुरलाई विराटनगरविरुद्ध पुनरागमन गर्दै लय समाउने चुनौती छ ।

 

आजै हुने दोस्रो खेलमा सुदूरपश्चिम र कर्णाली आमनेसामने हुनेछन् । सुरुवाती दुवै खेल जितेको सुदूरपश्चिम अपराजित रहँदै प्लेअफ पुग्ने लक्ष्यमा छ । गत संस्करणमा उत्कृष्ट प्रदर्शनका बाबजुद फाइनलमा स्तब्ध बनेको सुदूरपश्चिम यस पटक उपाधि जित्ने दाउमा छ । घरेलु क्रिकेटका सफल र अनुभवी विदेशी ब्याटरको साथ पाएको सुदूरपश्चिममा तल्लो क्रमसम्म पनि थुप्रै विकल्पहरु छन् । जुन सुदूरपश्चिमको बलियो पक्ष हो ।

 

एनपीएलका ८ खेलसकिँदा काठमाण्डु गोर्खाजले ३, जनकपुर बोल्ट्सले १ र अन्य सबै टोलीले २–२ खेल खेलिसकेका छन् । पहिलो पटक प्यारापिट र फ्लड लाइटमा खेलाइएको एनपीएलले नेपाली क्रिकेटमा नयाँ उत्साह सिर्जना गर्दा मैदानको प्रतिस्पर्धा समेत तीव्र बनिरहेको छ । अहिलेसम्म ब्याटिङमा विदेशी खेलाडी हावी देखिँदा बलिङमा भने नेपाली खेलाडीले साख बचाएका छन् ।

 

८ खेल सम्पन्न हुँदा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स अपराजित छन् । समान ४–४ अंक जोडे पनि नेट रन रेट आधारमा विराटनगर शीर्ष स्थानमा छ । यी दुवै टोलीले काठमाण्डु गोर्खाज र पोखरा एभेन्जर्सलाई हराएका हुन् । १ खेल खेलेको जनकपुर बोल्ट्स र २ खेल खेलिसक्दा पोखरा एभेन्जर्सले कुनै खेल जितेको छैन ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...