YouTube Link

पाठ्यक्रमबाट महिलाले लेखेका पुस्तक हटाउने निर्णय

Facebook Link

एजेन्सीः तालिवान सरकारले अफगानिस्तानका विश्वविद्यालयको पाठ्यक्रमबाट महिलाले लेखेका पुस्तक हटाउने निर्णय गरेको छ । यससँगै मानवअधिकार र यौन उत्पीडनको शिक्षामा पनि प्रतिबन्ध गरेको छ ।

 

महिला लेखकका १४० पुस्तकमध्ये ‘रासायनिक प्रयोगशालामा सुरक्षा’ जस्ता किताब समेत समावेश छन् । बीबीसीका अनुसार कुल ६८० पुस्तकमाथि प्रतिबन्ध लगाइएको छ, जसलाई सरिया कानून र तालिबान विरोधी नीति जस्ता कुरा समावेश भएको आरोप छ ।

 

विश्वविद्यालयहरूलाई १८ विषयको पढाइमा प्रतिबन्धित गरिएको छ । प्रतिबन्धित विषयमध्ये ६ वटा महिला सन्दर्भमा छन्, जसमध्ये लिंग र विकास, सञ्चारमा महिलाको भूमिका र महिला समाजशास्त्र समावेश छन् ।

 

यो निर्णय तालिवान चार वर्ष अगाडि सत्तामा फर्किएपछिको प्रतिबन्ध श्रृंखलामा नयाँ कदम हो । यसै हप्ता, तालिवानका सर्वोच्च नेताका आदेशमा कम्तीमा १० प्रान्तमा फाइबर–अप्टिक इन्टरनेटमाथि प्रतिबन्धित लगाइएको छ, जसलाई अधिकारीहरूले अनैतिकता रोक्नको लागि गरिएको कदम भनेका छन् ।

 

यी कदमबाट विशेषगरी महिला प्रभावित भएका छन् । पछिल्ला प्रतिबन्धले अफगान विश्वविद्यालयहरूमा गहिरो खाडल स्थान सिर्जना भएको र यसले उच्च शिक्षा प्रणालीमा असर पारेको देखिएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...