YouTube Link

कलाकार बन्ने प्रयासमा छु : गायक भरत परियार

Facebook Link

नेपाली गीत संगीतमा नयाँ परिचय बनाउदै गरेका सल्यानका गायक भरत परियार काठमाडौंमा संघर्षरत छन् । वि.स २०५९ सालदेखि काठमाडौँमा संघर्ष गरिरहेका गायक परिवारले विभिन्न विधाका गीत आवाज भर्ने र संगीत निर्माण गर्नेमा आफूलाई सक्रिय राखेका छन् । गीत गाउने मात्र नभएर संगीत भर्ने र शब्द कोर्नेसम्मका काममा सक्रिय बनाइरहेका गायक परियारसँगको जम्माभेटमा हामीले राखेका सवाल र उनको जवाफः

 

– तपाईंको बाल्यकाल कहाँ र कसरी बित्यो ? 

गरिव परिवारमा जन्म भयो । मेरो बाबा बालिघरे कपडा सिलाउने काम गर्नु हुन्थ्यो । जब बुझ्दै गएँ, म त सानो जातको परिवारमा जन्म भएको रहेछ, अर्काको घरमा जादा बाहिर बस्नुपर्ने, मागेर खानुपर्ने, मान्छेसँगै पनि छुन नपाईने । यस्ता दृश्य र व्यवहारहरू देख्दै र भोग्दै आएँ । साथिको घरमा जादा बाहिरै बस्नु पर्ने, सोच्थे किन यस्तो हुन्छ ? किन गरिन्छ ? भनेर बाआमालाई सोधेँ । बाआमाले भन्नु हुन्थ्यो, बाबु हामी सानो जातको रे । त्यसैले । मलाई लाग्थ्यो, होईन मेरो वा आमाको कोखबाट जन्म लिनु के मेरो दोष होर ? यस्तै पीडा, अभाव, विभेद, उत्पीडनलाई भोग्दै र झेल्दै बाल्यकाल वित्यो ।

 

बाल शिक्षाको पढाइ ९ वर्षको उमेरदेखि बल्ल सुरू गरियो । स्कुल जादा पनि भेदभाव हुन्थ्यो । पानी खान मन लाग्यो भने साथिहरूले टाढैबाट पानी हालिदिन्थे । अनौठो लाग्थ्यो र अन्यायले छाती पोल्थ्यो । के म मान्छे होईन ? भन्ने मनमा गम्भीर प्रश्न उठ्थे ।  हाम्रो स्कुलमा सायद हाम्रो जातिको म नै पहिलो विद्यार्थी थिएँ । बाबाले सानैदेखि सिलाई काम सिकाउनु भएको थियो । म स्कुल जाने र घरमा बाबाले भनेको काम पनि गर्थे । सानो छदा हुँदा भन्दा पनि जति बुझ्दै गएँ, उती नै धेरै विभेदका प्रखालहरू झेल्दै आउन पर्यो ।

 

– पहिले र अहिलेको अवस्थाबीच के भिन्नता छ ?

दलित समुदायहरू अशिक्षाको जञ्जिरमा थिए । विभेद सहेर बस्थे । हामी सानो जात, जातले पाको भन्थे भनेर कर्मलाई धिकार्थे । तर, अहिले फरक अवस्था निक्कै फरक छ । शिक्षाबाट वञ्चित हुनु परेको छैन । दलित समुदायका पनि ठूला ठूला सरकारी ओहोदामा छन् । अझँ बढि कलाकारिकतामा छन् । सीप र संगीतका जननी नै दलित हुन् । विज्ञान र ज्ञानका गुरू पनि दलित नै हुन् । तर, दलितले जति प्रतानडा र पीडा यो दुनियाँमा अरू कसैले भोग्न परेको छैन । सदियौदेखिका विभदका पर्खालहरू भत्किने क्रममा छन् । संविधानले पनि प्रष्टसँगै जातीय विभेदलाई अपराध भनेको छ । मान्छे मान्छेबीच जातिय छुवाछूत गरियो भने त्यो जघन्य अपराध हो भनेको छ । कहि कतै अझै पनि त्यस्ता घटनाहरू घटिरहेका छन् । त्यस्ता घटनाहरूलाई कानुनत कारबाही गरिनु पर्छ । समानता र समता मूलक समाज निर्माण गर्नुपर्छ ।

 

– काठमाडौँ कति सालमा आउनु भयो ?

२०५९ सालमा म काठमाडौं आएँ । तत्कालिन जनयुद्धका कारण गाउँमा बस्ने अवस्था थिएन । कि युद्धमा जानुपर्ने हुन्थ्यो । कि सेनामा  । नभए इण्डिया कालापार जानुको विकल्प थिएन । मनमा त क्रान्तिकारी बाटोमा लाग्ने थियो । दलित समुदायले भोगिरहेको हिँसाका विरूद्ध लड्न मन थियो । घरको जेठो छोरा भएकाले होला बाआमाले युद्धमा भन्दा पनि छोरो कतै गएर कमाओस् भन्ने चाहानु भयो । खैर, म काठमाडौँ आएर क्रान्तिकारी पार्टीकै पक्षमा उभिएर काम गरें । अहिले पनि सक्रिय नै छु । साथै मेरो अर्को सानैदेखिको अर्को उद्देश्य भनेको कलाकार बन्ने थियो ।  तर सुरूमा काठमाडौँ टिक्न अत्यन्तै गाह्रो थियो । केही न केही काम गर्नै पथ्र्यो । बाँच्नका लागि मैले सिलाई काम गर्ने निर्णय गरे । रेडियो सुन्दा लाग्थो म पनि कलाकार बन्न पाए कस्तो हुन्थ्यो होला ? कसैले स्टेजमा गीत गाउदा म पनि यस्तै त गाउन सक्छु त भन्ने लाग्थ्यो । निरन्तर लगनशीलता भयो भने एक दिन अवश्य पनि म सफल हुन्छु होला भन्ने लाग्थ्यो । संघर्षको अर्को नाम हो सफलता । त्यसैले त संघर्ष अझै जारी छ ।

 

– युद्ध र कालापार नगएर काठमाडौँ नै आउनुको कारण चाहीँ के थियो ?

उदेश्य थियो, योजना थियो र लक्ष्य थियो । सानैदेखिको सपना थियो । म कुनै दिन गायक बन्छु भन्ने । तर, अझैँ गायक भईसकेको छैन । बन्ने निरन्तर कोसिसमा छु, प्रयासमा छु । त्यसै कारण पनि म काठमाडौँ आएको हो ।

 

– गायन क्षेत्रमा कसरी आउनु भयो ?

गायन क्षेत्रमा आउन वास्तवमै सजिलो छैन । धेरै संघर्ष र उती नै मेहनत चाहिन्छ । त्यहीँ संघर्ष अझै गर्दैछु र सिक्दै छु । सुरूवातमा त संगीतलाई नबुझेरै गीत निकाले । जुन कुरा म गर्दैछु नि, त्यो त मैले सिक्नैपर्छ भन्ने लाग्यो । गुरू राम सिटौला सरसँग सात सुर चिन्ने र सक्ने मौका पाएको थिएँ ।  त्यसरी नै मेरो औपचारिक रूपमा सांगीतिक यात्रा तय गर्ने कोसिस गरेको हुँ ।

 

– तपाईं विचार गीत संगीत के हो ?

यधपी गीत संगीतले मान्छेलाई हरेक परिस्थितिमा लैजान्छ । सुरूवातमा त हामीले रून सिक्यौँ । त्यो पनि सुरमा त्यो पनि आमाको काखमा जुन कुरा हामीलाई आमाले सिकाउनु भयो । गीतले संगीतले मान्छेलाई खुसी बनाउछ । दुःखी बनाउछ । हसाउँछ, नचाउछ र रूवाउछ यानकी मान्छेको रिदयसँग टच भएको हुन्छ । त्यो हृदय छुने शक्ति चै गीत संगितमा हुन्छ । अर्को अर्थमा भन्दा गीत जीवन हो र संगीत पानी हो । जीवन र पानी मिलेर जिन्दगानी बन्छ ।

 

– नेपाली गीत संगीतमा देखिएका विकृति अन्त्य गर्न के गर्नुपर्ला ?

नेपाली सांगीतिक क्षेत्रको डिजिटल बजारको वर्तमान स्थिति साँच्चिकै भन्ने हो भने विजोक छ । हाम्रो गीत संगीतको बजारमा कला नभएर चर्चिकला चल्छ । यसरी हेर्दा इमान्दार कलाकार, क्षमता र योग्यता भएका कलाकारहरू टिक्नै गाह्रो छ । लगानी सुरक्षित छैन । ग्यारेन्टी पनि छैन । यस कारणले पनि गाह्रो छ । विकृति जन्य गीत, दोहोरो अर्थ लाग्ने गित गायो भने मात्रै चल्छ भन्ने हाम्रो  मानसिकता भयो । विकृति जन्य गित संगित  लाई नियन्त्रण गर्ने त राज्य ले नै हो । जसरी चलचित्र विकास वोर्ड छ नि । त्यसरी नै गीत संगित विकास बोर्ड स्थापना गरियो भने मात्रै विकृतिलाई नियन्त्रण गर्न सजिलो हुन्छ  । सबैभन्दा पहिले कलाकारहरू स्वयं आफू अनुसाशित हुनुपर्छ । समाजलाई आफूले दिन खाजेको कुरा के हो र त्यसले के असर गर्छ भन्ने कुरा जान्नुपर्छ ।

 

– तपाईंले गाएका गीतहरूको सन्देश के हो ?

मैले गाउने गीतले समाजलाई केही न केहीरूपमा सकारात्मक सन्देश दिने कोसिस गरेका  छन् भन्ने मलाई लाग्छ । अर्को कुरा विधा अन्तरगत गीतको सन्देश पनि फरक सन्देश हुन्छ । मैले लोक गीत, लोक दोहोरी, राष्ट्रभक्ति गीत, क्रान्तिकारी गीत गाएको छु ।

 

{साभारः सडक सदन साप्ताहिकबाट}

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...