YouTube Link

कुमारी बैंकको नाफा २ अर्ब ११ करोड रुपैयाँ, अघिल्लो वर्षको भन्दा धेरै गुणा बढी

World Cup 2026
Facebook Link

काठमाडौः कुमारी बैंकको नाफा २ अर्ब नाघेको छ । आर्थिक वर्ष २०८१-८२ मा बैंकले २ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको हो । यो नाफा अघिल्लो वर्षको भन्दा ४५० गुणाभन्दा बढी हो । अघिल्लो वर्ष यस्तो नाफा जम्मा ४६ लाख रुपैयाँ रहेको थियो ।

 

बैंकले इम्पेरिमेन्ट चार्जमा छुट्टयाउनुपर्ने रकम अघिल्लो वर्षको तुलनामा घट्नु यो वर्ष नाफा बढ्नुको मुख्य कारण रहेको देखिएको छ । त्यसबाहेक बैंकले व्यवसायबाट आर्जित नाफामा समेत सामान्य वृद्धि गर्न सफल भएको छ ।  बैंकले खुद ब्याज आम्दानीबापत अघिल्लो वर्ष १० अर्ब ८० करोड आर्जन गरेकोमा यो वर्ष ११ अर्ब ५५ करोड रुपैयाँ पुर्‍याएको छ । शुल्क तथा ब्याजसम्बन्धी आम्दानी २ अर्ब ९ करोडबाट बढेर २ अर्ब ६७ करोड पुगेको छ ।

 

बैंकले अघिल्लो वर्ष इम्पेरिमेन्ट चार्जमा ६ अर्ब ८४ करोड छुट्याएकोमा यो वर्ष २ अर्ब ७९ करोड छुट्याएको छ । कुमारीले यो अवधिमा कर्मचारी खर्चमा वृद्धि गर्दा सञ्चालन खर्चमा भने सुधार ल्याएको छ । बैंकको निक्षेप यो वर्ष बढेको छ भने कर्जा प्रवाह घटेको देखिन्छ । अघिल्लो वर्षको असार मसान्तमा ३ खर्ब ३३ अर्ब रहेको निक्षेप ३ खर्ब ६४ अर्ब पुगेको छ । कर्जा प्रवाह २ खर्ब ६८ अर्बबाट २ खर्ब ६० अर्बमा झरेको देखिन्छ ।

 

बैंकको निष्क्रिय कर्जा अनुपात ६.४२ प्रतिशत पुगेको छ । पुँजीकोष अनुपात १२.९८ प्रतिशत रहँदा कस्ट अफ फण्ड ४.७४ प्रतिशत, सीडी अनुपात ७५.७३ प्रतिशत, बेसरेट ६.४४ प्रतिशत, स्प्रेडदर ३.५९ प्रतिशत तथा पुँजी कोषमा प्रतिफल ५.६८ प्रतिशत रहेको छ ।

 

यो वर्ष नाफामा सुधार भए पनि बैंकले लाभांश बाँड्न भने सक्ने छैन । उठ्न बाँकी ब्याजको रकम बढ्दा बैंकले नियामकीय समायोजनबापत ठुलो रकम छुट्टाउनु परेकोले बैंकको वितरणयोग्य नाफा नकारात्मक अवस्थामा देखिन्छ । २६ अर्ब २२ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकसँग अहिले रिजर्भमा १३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । यस अनुसार बैंकको नेटवर्थ १४२.४९ रुपैयाँ रहेको देखिन्छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

वि.सं.२०८३ जेठ १५ शुक्रवार ११:३०

तस्वीर प्राविधिक टिमबाट तयार पारिएको हो...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:३३

काठमाडौं: जेन-जी विद्रोह २०८२ का बारेमा गठित मानवअधिकार आयोगको बहुप्रतिक्षित...

कम्युनिष्टकै बाटोमा कांग्रेस

कम्युनिष्टकै बाटोमा कांग्रेस

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:२०

काठमाडौं: कुनैपनि राजनीतिक दल स्थापना र सञ्चालनका निम्ति विचार, सिद्धान्त,...

देशभर १९औँ गणतन्त्र दिवस भव्य रूपमा मनाइँदै

देशभर १९औँ गणतन्त्र दिवस भव्य रूपमा मनाइँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:११

काठमाडौं: नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको प्रतिफलस्वरूप स्थापना भएको...

विदेशी पर्यटकको सुरक्षाका लागि ट्र्याकिङ प्रणाली प्रभावकारी बनाउन अभिमुखीकरण

विदेशी पर्यटकको सुरक्षाका लागि ट्र्याकिङ प्रणाली प्रभावकारी बनाउन अभिमुखीकरण

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:३६

काठमाडौं । अध्यागमन विभागले विदेशी पर्यटकको सुरक्षा, सेवा प्रवाहको गुणस्तर...