YouTube Link

नेपालले आज भुटानसँग यू-२० महिला एसियन कप छनोट खेल्दै

Facebook Link

काठमाडौं: नेपालको महिला युवा टिम पहिलो पटक एएफसी यु-२० महिला एसियन कप खेल्न भुटान पुगेको छ । भुटानको थिम्पुमा आजदेखि एएफसी यु-२० महिला एसियन कप छनोट समूह ‘ए’ सुरु हुँदैछ । समूह ‘ए’ मा रहेको नेपालले आफ्नो छनोट खेल घरेलु टोली भुटानविरूद्धको खेलबाट सुरू गर्नेछ । खेल थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा ५:४५ बजे सुरू हुनेछ ।

 

यस समूह ‘ए’ मा बलियो टोली उत्तर कोरिया र साउदी अरब पनि छन् । उत्तर कोरिया एएफसी एसियन कपको च्याम्पियन टिम हो । नेपालले समूह उपविजेताका रूपमा अगाडि बढ्ने लक्ष्य लिएको छ । ३२ राष्ट्रको सहभागिता रहेको छनोटमा ८ समूह रहेका छन् । हरेक समूहका विजेता ८ टोली तथा उत्कृष्ट तीन उपविजेता टोलीले आगामी वर्ष थाइल्यान्डमा हुने यु-२० एसिया कपमा स्थान बनाउने छ ।

 

दुई हप्ताअघि बङ्गलादेशमा सम्पन्न साफ यु-२० महिला च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । अन्तिम खेल बाहेक सबै खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो तर फाइनलमा बङ्गलादेशविरुद्ध नेपाल ४-० गोल अन्तरले पराजित भयो । यद्यपि नेपालले साफ यु-२० मा भुटानलाई दुई पटक फराकिलो अन्तरले हराएको थियो ।  नेपालले भुटानविरुद्ध पहिलो खेल ६-१ र दोस्रो खेल ८-० गोल अन्तरले जितेको थियो । साउदी अरबको महिला टिमलाई तुलनात्मक रूपमा कमजोर मानिएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...