YouTube Link

एसईईको नतिजामा सुधार, नतिजा चित्त नबुझे असार २३ सम्म पुनर्योग गरिसक्नुपर्ने, कुन विषयमा कति अनुत्तीर्ण भए ?

Facebook Link

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्‍यो । सार्वजनिक नतिजा अनुसार गत वर्षको तुलनामा केही सुधार भएको छ ।  गत २०८१ चैत ७ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा सहभागी ४ लाख ३८ हजार ८९६ विद्यार्थीमा २ लाख ७१ हजार २९९ जना उत्तीर्ण भए । १ लाख ६७ हजार ५९७ परीक्षार्थी फेल भए । बोर्डका अनुसार उत्तीर्ण दर ६१.८१ रहेको छ । गत वर्ष एसईईमा ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

 

परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजामा चित्त नबुझे २३ असार २०८२ भित्र पुनर्योगका लागि आवेदन दिन सकिने बताएको छ । प्रकाशित नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परीक्षण समेत गराउन सक्ने व्यवस्था रहेको बोर्डले जनाएको छ । ‘पुनर्योगका लागि परीक्षार्थीलाई अनलाइनमार्फत आवदेन गर्न सकिने व्यवस्था गरिएको छ, जसअनुसार परीक्षार्थीले आफूले पुनर्योग गर्न चाहेका विषयका लागि यस कार्यालयको वेबसाइटमा गई पुनर्योग फाराम भरी आवेदन गर्न सक्ने छन्,’ बोर्डले भनेको छ ।

 

‘पुनर्योगका लागि २३ असारको बेलुका ५ बजेसम्मको समय बोर्डले तोकेको छ । ‘सोसम्बन्धी सूचना नतिजा प्रकाशन भएपछि राष्ट्रिय परीक्षा बोर्ड पनिका कक्षा १० र राष्ट्रिय परीक्षा बोर्ड केन्द्रीय कार्यालयको बेवसाइटबाट हेर्न सकिनेछ,’ बोर्डले भनेको छ । त्यस्तै, नतिजा प्रकाशनका क्रममा प्राविधिक कारणबाट कहिँकतै त्रुटि देखिएमा राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को मूल अभिलेखबाट सच्याइने व्यवस्था गरेको बोर्डले जनाएको छ ।

 

बोर्डका अनुसार २०८१ सालको एसईईको नतिजामा १३.९५ प्रतिशतले सुधार आएको छ । यस वर्ष एसईई दिएका १२६ जना परीक्षार्थीको भने परीक्षा रद्द भएको छ । बोर्डले यसपटक पनि पास-फेलसहितको नतिजा सार्वजनिक गरेको हो। गत वर्षदेखि बोर्डले यो व्यवस्थाअनुसार नतिजा सार्वजनिक गर्न थालेको हो । त्योभन्दा अगाडि पास तथा फेल अंकित नगरी ग्रेडमात्र सार्वजनिक गरिन्थ्यो ।

 

कुन विषयमा कति अनुत्तीर्ण ?

एसईईमा सबैभन्दा बढी विद्यार्थी गणितमा कमजोर देखिएका छन् । बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार सबैभन्दा बढी विद्यार्थी गणित विषयमा अनुत्तीर्ण भएका छन् । गणित विषयमा १ लाख २८ हजार २१५ परीक्षार्थी अनुत्तीर्ण भएका हुन् । अंग्रेजीमा ८० हजार ६७२ विद्यार्थी अनुत्तीर्ण भए । त्यस्तै साइन्स एण्ड टेक्नोलोजीमा ७९ हजार २७१, नेपालीमा ५४ हजार ७३५, सामाजिकमा ५३ हजार १८६, अर्थशास्त्रमा ४२ हजार १५० र ऐच्छिक गणितमा १८ हजार २२२ विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

 

कुन जीपीएमा कति विद्यार्थी ?

राष्ट्रिय परीक्षा बोर्डले  सार्वजनिक गरेको एसईई नतिजाअनुसार ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थी ४८ हजार १७७ रहेका छन् । त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थी ८१ हजार ३८५ जना र २.८ देखि ३.२ जीपीए ल्याउने विद्यार्थीहरू ८९ हजार १२४ जना रहेका छन् । यस्तै २.४ देखि २.८ जिपिए ल्याउने विद्यार्थीहरू ४८ हजार ४७९ जना र २ देखि २.४ जीपीए ल्याउने विद्यार्थीहरू ४ हजार १२६ जना र १.६ जीपीएदेखि २ जीपीएसम्म ल्याउनेहरू ८ जना रहेको बोर्डले जनाएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८३ साउन ७ बिहीवार ०७:२९

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

वि.सं.२०८३ साउन ५ मंगलवार १२:०६

गण्डकी: गत आर्थिक वर्षमा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा...