YouTube Link

लागूऔषधविरूद्ध प्रहरीसँग सबै क्षेत्र जोडिंदै

Facebook Link

काठमाडौं: काठमाडौं उपत्यका प्रहरी कार्यालयको कमाण्ड सम्हालेलगत्तै प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले समाजमा गहिरो गरी जरो गाडेको लागूऔषधविरुद्ध सबै क्षेत्रको सहभागिता र प्रतिबद्धता जुटाएर सुरक्षित उपत्यका बनाउने अभिप्रायका साथ शुभारम्भ गरेको ‘लागूऔषधविरुद्धको महाअभियान’ मा यतिबेला सबै क्षेत्र जोडिने र प्रतिबद्ध हुने क्रम बढ्दो छ । यसै क्रममा ‘लागूऔषधविरूद्धको महाअभियान’ कार्यक्रमअन्तर्गत लागूपदार्थ दुर्व्यशनविरुद्ध अन्तर्क्रिया तथा सचेतना कार्यक्रम सायम कलेज, पुरानो बानेश्वरमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

 

 

उक्त कार्यक्रम प्रहरी वृत्त बानेश्वर र सामुदायिक सेवा समिति तथा  सामुदायिक प्रहरी सेवा केन्द्र बानेश्वरको संयुक्त आयोजना तथा सायम कलेजको सहकार्यमा सञ्चालन भएको थियो । लागूऔषध दुर्व्यशनको तथ्याङ्क दिनानुदिन बढ्दै गइरहेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै समाजका हरेक सरोकारवाला पक्षहरुको एउटै सक्रिय संयन्त्रको रुपमा अगाडि बढ्ने आवश्यकतालाई बोध गरी काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा ‘लागूऔषधविरूद्धको महाअभियान’ कार्यक्रम गत फागुन १७ गते गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा शुभारम्भ गरिएको थियो ।

 

कार्यक्रमका क्रममा अन्तर्क्रिया साथै उपस्थित विद्यार्थी तथा अभिभावकहरुलाई परामर्शपश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले वर्तमान समयमा समग्र राष्ट्रलाई नै असर गर्ने गम्भीर चुनौतिको रूपमा रहेको लागूऔषध दुर्व्यबशनको नियन्त्रणमा यस्ता सचेतना कार्यक्रमहरु अत्यन्तै महत्वपूर्ण हुने चर्चा गर्दै आगामी दिनहरुमा विद्यार्थी तथा अभिभावकसँग सम्बन्धित प्याव्सन तथा एनप्याव्सन साथै अन्य सरोकारवाला निकायसँग समेत समन्वय र सहकार्य गर्दै लागूऔषध दुर्व्यशनविरुद्धको अभियानलाई थप सशक्त बनाउने बताए ।

 

 

आसरा सुधार केन्द्र रानीबारीका बिपिन थापाले प्रशिक्षण दिएको उक्त कार्यक्रममा प्रहरी वृत्त बानेश्वरका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदार, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविराज थपलिया, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र बानेश्वर, घट्टेकुलो र चाबहिलका पदाधिकारीहरु, स्थानीय जनप्रतिनिधिहरु, होस्टल व्यवसायी संघ नेपालका पदाधिकारीहरु, लगायतको उपस्थिति रहेको थियो ।

 

स्मरणीय छ, काठमाडौं उपत्यकालाई लागूऔषधमुक्त बनाएर सुरक्षित काठमाडौं उपत्यकाको पहिचान दिलाउने अभिप्रायका साथ लागिपरेका प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले शान्ति-सुरक्षा, अमन-चैन चुस्त-दुरुस्त राख्दै नागरिकको सेवामा संयमताका साथ लागिपर्न उपत्यका माताहतका नेपाल प्रहरीका सुरक्षा युनिटहरुलाई बारम्बर सम्झाउँदै आएका छन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...