YouTube Link

‘मिसेस नेपाल अस्ट्रेलिया’ आयोजनाको घोषणा, आवेदन फारम खुल्ला 

Facebook Link

अस्ट्रेलिया: हिमाली कल्चरग्रुप मेलवन अस्ट्रेलियाको आयोजना, इभेन्ट्स नेपाल अस्ट्रेलियाको साझेदारीमा  विवाहित महिलाहरुमा केन्द्रित  ‘मिसेस नेपाल अस्ट्रेलिया’ आयोजनाको घोषणा भएको छ । उक्त कार्यक्रमको  लागि आवेदन पनि खुल्ला भइसकेको आयोजकले जानकारी दिएको छ ।

 

विवाहित महिलाहरुको सहभागितालाई मध्यनजर राख्दै हिमाली कल्चरग्रुप मेलवर्नले यो कार्यक्रम पहिलो पटक गर्न लागेको हो । महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाक कला तथा  नेतृत्वदायी क्षमताको विकास साथै त्यसको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्गनिर्देशन दिंदै अन्तर्राष्ट्रिय क्षेत्रमा एउटा सक्षम महिला र जिम्मेवार व्यक्तिको रुपमा अगाडि बढाउनका साथै नेपालको पर्यटनक्षेत्रमा सहयोग गर्ने हेतुले यो कार्यक्रमलाई विस्तार गरिन लागिएको आयोजकले जानाएको छ ।

 

विगत १० वर्षदेखि अस्टेलियामा रहेर नेपाल र नेपाली समाजको लागि विभिन्न सामाजिक सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको हिमाली कल्चरग्रुपले यस वर्षदेखि निरन्तर रुपमा इभेन्ट्स नेपाल अस्ट्रेलियाको साझेदारीमा यो प्रतियोगितात्मक कार्यक्रम गर्न लागेको हो । यो कार्यक्रममा नेपालबाट अस्ट्रेलिया आएर अस्ट्रेलियाभरि विभिन्न पेशा व्यवसायीको रुपमा काम गरिरहेका विवाहित महिलाहरु सहभागी हुन पाउने छन् । यस कार्यक्रममा ३० जना प्रतियोगी समावेश गराइने छ ।

 

उक्त प्रक्रियाबाट छनौट भएका प्रतियोगीहरुलाई प्रशिक्षणको क्रममा शारीरिक फिटनेश, जुम्बा, एरोविक्स, सेल्फ डिफेन्स, सेल्फ मेकअप, फोटो सेसन, टेवल म्यानर, व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण, हिड्न बोल्न साथै प्रश्न उत्तर सिकाइने छ । स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा भने अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजीन शाक्यले प्रशिक्षण गर्नेछन् । साथै नेपालमा विगत १६ बर्षदेखि निरन्तर रुपमा  विभिन्न कार्यक्रमहरु सञ्चालन तथा आयोजना गर्दै आइ रहेको सिजन मिडियाले व्यवस्थापन गर्ने छ । उक्त कार्यक्रममा नेपाली कलाकार, पत्रकार, समाजसेवी तथा विशिष्ट व्यक्तिहरुको सहभागी रहने छ ।

 

प्रतियोगिताका विजेताहरुले ‘मिसेस नेपाल अस्ट्रेलिया २०२५’ को उपाधी सहित नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसारको लागि ब्राण्ड एम्बेसडर, साथै नेपाल भ्रमणको गिफ्ट प्याकेज साथै अन्य २ जना विजेताहरुलाई बालि भ्रमणको लागि हवाई टिकटहरु प्रदान गरिनेछ भने लेटमिइन कोरियन स्कीन हस्पिटल नेपालको तर्फबाट ५० हजार बराबरको गिफ्ट भौचर प्रदान गरिने छ । यस बाहेक अन्य उपहारहरु पनि प्रदान गरिनुका साथै अन्य विभिन्न १५ विधामा पनि उपविजेता छनौट गरिनेछ । विजेतालाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइने छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...