लगातार दुई खेल जित्दै एक खेल अगावै नेपाल र म्यानमार फाइनलमा
वि.सं.२०८१ फागुन ८ बिहीवार २२:०६
1.9K
shares
काठमाडौं: नेपाल र म्यानमार एक खेल अगावै फोर नेसन्स वुमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् । नेपाल र म्यानमार दुवैले लगातार दुई खेल जित्दै फाइनलमा एकअर्कासँगको भेट पक्का गरेका हुन् ।

घरेलु टोली नेपालले आज लेबनानलाई १-० गोल अन्तरले हराउँदै म्यानमारसँगै नेपाल फाइनल पुगेको हो । नेपालको जितमा सावित्रा भण्डारी साम्बाले गरेको गोल नै निर्णायक बन्यो । यो नतिजासँगै नेपालले दुई खेलबाट ६ अंक बटुलेको छ । म्यानमारले पनि समान खेलबाट ६ अंक बटुलेको छ । तर, गोल अन्तरमा भने म्यानमार अगाडि छ । अब यी दुई टोलीले लिग चरणको अन्तिम खेल आइतबार खेल्नेछन् ।

लेबनान र किर्गिस्तान भने एक खेलअगाबै प्रतियोगिताबाट बाहिरिएका छन् । आजै भएको पहिलो खेलमा म्यानमारले कीर्गिस्तानलाई ५-० ले हराएको थियो ।

वि.सं.२०८१ फागुन ८ बिहीवार २२:०६




















