YouTube Link

म्यानमार र कीर्गिस्तान तथा नेपाल र लेबनान भिड्दै

Facebook Link

काठमाडौं: फोर नेसन्स वुमन्स इन्टरनेसनल च्याम्पियनसिप अन्तर्गत नेपालले आज दोस्रो खेल लेबनानसँग खेल्दैछ । दशरथ रगशालामा खेल साँझ ६ बजे सुरु हुनेछ । यसअघि दिउँसो २ बजे म्यानमार र कीर्गिस्तानबीच प्रतिष्पर्धा हुनेछ ।

 

नेपाली राष्ट्रिय महिला टोली

 

पहिलो खेलमा कीर्गिस्तानविरुद्ध कठिन जित निकालेको नेपाल लेबनानविरुद्धको खेलबाट लय फर्किने लक्ष्यमा छ । सिंगल लिगमा भइरहेको प्रतियोगिताअन्तर्गत पहिलो खेलमा म्यानमारसँग लेबनान ३-१ ले पराजित भएको थियो । अर्को खेलमा भने नेपालले कमजोर टोली किर्गिस्तानसँग १-० को जित निकालेको थियो ।

 

लेवनान राष्ट्रिय महिला टोली

 

प्रतियोगिताको लिग चरणमा शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछन् । हालसम्मको तालिका अनुसार म्यानमार र नेपाल तीन अंकसहित शीर्ष स्थानमा छन् । किर्गिस्तान र लेबनान भने अंकविहीन छन् । त्यसैले लेबनना प्रतियोगितामा जित निकाल्नै पर्ने दबाबमा छ । यता, नेपाल भने यो खेलमा जितसहित फाइनल यात्रा मजबूत बनाउन चाहन्छ । किनभने अर्को विपक्षी म्यानमार नेपालभन्दा बलियो मानिन्छ ।

 

म्यानमार राष्ट्रिय महिला टोली

 

यो खेलमा नेपाली मुख्य प्रशिक्षक राजेन्द्र तामाङ गत वर्ष साउदी अरबमा भएको वाफ च्याम्पियनसिपको नतिजा दोहोर्‍याउन चाहन्छन् । सेमिफाइनलमा भएको उक्त भेटमा नेपालले लेबनानलाई २-१ ले हराएको थियो । आजको खेलमा बराबरी वा हारले भने नेपाललाई फाइनल यात्राका लागि चुनौती हुनेछ । फिफाको महिला वरियतामा नेपाल १०३ र लेबनान १३४औं स्थानमा छन् । ।

किर्गिस्तान राष्ट्रिय महिला टोली

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...