रवि र छविसहित ३२ जनाविरुद्ध मुद्दा दर्ता हुँदै
वि.सं.२०८१ पुस ७ आइतवार १२:२२
1.2K
shares
पोखरा: पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । सहकारी बचत अपचलन लगायत संगठित अपराधको मुद्दामा अनुसन्धान सकेर प्रहरीले आजै कास्की अदालतमा मुद्दा दर्ता गर्दैछ ।
रविसहित पूर्व डिआइजी तथा ग्यालेक्सी टिभीका साझेदार छविलाल जोशी, लीला पछाई, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङसहित ३२ जनाविरुद्ध मुद्दा दर्ता हुँदैछ । यसअघि जीवी राईसहितविरुद्ध मुद्दा दर्ता भइसकेको छ । रविविरुद्ध मुद्दा दर्ता गर्न लागिएकै बेला रास्वपाका नेता तथा सांसदहरू पोखरा पुगेका छन् ।
कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीसहित सांसदहरू शिशिर खनाल,हरि ढकाललगायत पोखरा पुगिसकेका छन् । विराजभक्त श्रेष्ठ, मनिष झालगायतका सांसद पोखरा पुग्ने क्रममा रहेको बताइएको छ ।
वि.सं.२०८१ पुस ७ आइतवार १२:२२




















