नेपाल प्रिमियर लिग (एनपीएल) आजबाट, उदघाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्ने
वि.सं.२०८१ मंसिर १५ शनिवार ०८:०२
1.4K
shares
काठमाडौं: नेपाली क्रिकेटको सबैभन्दा प्रतिक्षा गरिएको प्रतियोगिता सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० फ्रेन्चाइज लिग आजदेखि सुरु हुँदैछ । लिगको पहिलो दिन एक खेल हुँदैछ ।
आजको खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स आमनेसामने हुँदैछन् । यी दुईबीचको खेल नेपाली समय अनुसार मध्यान्ह १२:१५ बजे कीर्तिपुरस्थित रहेको टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।
नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा इतिहासमा नै पहिलो पटक आयोजना हुन लागेको प्रतियोगितामा दुवै टिम जितका साथ सुरुवात गर्ने लक्ष्यमा छन् । विराटनगर किंग्स सन्दीप लामिछानेको कप्तानमा मैदान उत्रदै गर्दा जनकपुरको कप्तानी अनिल शाहले गर्नेछन् । पुस ६ गतेसम्म चल्ने प्रतियोगितामा ८ टोलीको सहभागीता रहेको छ । लिगमा कुल ३२ खेल आयोजना हुनेछन् । लिगका सबै खेल कीर्तिपुरमा रहेको टियु मैदानमा नै हुनेछ ।
वि.सं.२०८१ मंसिर १५ शनिवार ०८:०२




















