YouTube Link

मोहन कार्कीद्वारा लिखित ‘कृपज’ नामक पुस्तक उपसभामुखको हातबाट बिमोचन, विभिन्न क्षेत्रका व्यक्तिहरु सम्मानित

World Cup 2026
Facebook Link

काठमाडौं: जनआकाश साप्ताहिकले आफ्नो १७औं वार्षिकोत्सव बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ । प्रतिनिधिसभाका उपसभामुख माननीय इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा कार्यक्रममा दीप प्रज्वलन गरी वार्षिकोत्सवको उद्घाटन गरेकी थिईन् ।

 

वार्षिकोत्सवको अवसरमा जनआकाश मिडियाका अध्यक्ष मोहन कार्कीद्वारा लिखित ‘कृपज’ (कृषि, पर्यटन र जलविद्युत) नामक पुस्तक विमोचन गर्दै उपसभामुख रानामगरले नेपालमा कृषि, पर्यटन र जलविद्युतको अपार सम्भावना भएपनि उचित प्रयोग गर्न चुकिरहेको बताईन् । सकारात्मक सोचको विकास गर्दै देश निर्माणमा लाग्नुपर्ने उनको भनाइ थियो । नेपालीपन अरुले नक्कल गर्न थालेको र स्वयं नेपालीले भने आफ्नोपन छाड्दै गएकोमा उनले चिन्ता व्यक्त गरिन् । उनले बाल्यकालदेखि नै सकारात्मक सोचको विकास गर्नुपर्नेमा जोड दिइन ।

 

उपसभामुख रानामगरले संघर्षबाट खारिएर अघि बढेका कार्कीलाई ‘कृपज’ले स्पष्ट निर्देश गरेकोमा खुशी व्यक्त गर्दै कृति सफलकको सफलताको शुभकामना व्यक्त गरिन् । म आफै पनि सानो छँदा दुःख गरेरै अघि बढ्दै अहिले पनि सामाजिक क्षेत्रमै बालबालिकाको लागि काम गरेर आएकी व्यक्ति हुँ । कतिपय बालबालिकाको आमा बाबुकै टुङ्गो नलागेका कोहीका बाबुआमा जेल परेका पिडितहरु छन्, तिनीहरुलाई बिभिन्न ठाउँबाट सहयोग जुटाएर शिक्षा, दिक्षा दिईरहेकी छु र उनीहरुलाई एउटै परिवार जस्तो गरी बुबाआमा, दाजुभाई, दिदीबहिनी जसरी पालन पोषण गरी हुर्काइरहेकी उल्लेख गर्दै हाल स्कुल सञ्चालन गरिरहेको बताइन् ।

 

वार्षिकोत्सवको अवसरमा कार्कीद्वारा लिखित ‘कृपज’ माथि समिक्षात्मक टिप्पणी गर्दै दामोदर दीपकले विद्रोह संघर्ष र लगनशीलताबाट परिचितका रुपमा पहिचान स्थापित गरेका मोहन कार्कीले राष्ट्र निर्माणका संवाहकका रुपमा स्थापित भएको बताउँदै यो देशमा योजनाविद तथा राजनैतिक नेतृत्वले कार्कीद्वारा लेखिएको ‘कृपज’ कृषि पर्यटन र जलविद्युतका क्षेत्रमा इमान्दारीका साथ लागू गर्ने हो भने देश विकासका लागि लामो समय कुर्न नपर्ने बताए ।

 

 

सो अवसरमा विशेष अतिथि नेपाल राष्ट्रिय व्यवसायी महासंघका कुमार कार्कीले विचौलियाहरुको अन्त नभई देशको विकास गर्न नसकिने धारण राखे । त्यसैगरी पर्यटन विज्ञ खुम बहादुर सुवेदीले कार्यक्रमको शुभकामना दिदै पर्यटन क्षेत्रको बृहत्तर विकासको लागि पर्यटनको समुचित विकास गर्नुपर्ने आवश्यकता रहेको औल्याए । यसैगरी अर्का विशेष अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शान्तराम विडारीले स्वदेशी र आत्मनिर्भरमुखी पत्रपत्रिकालाई जोगाउन सरकारले उपयुक्त भूमिका खेल्नुपर्नेमा जोड दिंदै नेपालको विज्ञापन वोर्डको औचित्य नभएको भन्दै विज्ञापन वोर्डले पछिल्लो समय गरेको गलत निर्णयप्रति असन्तुष्ट व्यक्त गरे ।

 

कार्यक्रममा विशेष अतिथि उपसभामुख रानामगरबाट समाजका बिभिन्न क्षेत्रमा आवद्ध साहित्यकार, पत्रकार लगायत विभिन्न विधाका व्यक्तित्वहरुलाई सम्मान-पत्र, कदर-पत्र तथा मायाको चिनो प्रदान गरी सम्मानत गरिएको थियो । त्यसैगरी जनआकाश साप्ताहिकमा लेख, रचना पठाइ उत्कृष्ट हुनेहरुलाई र जन आकाश टिभी युटुब च्यानलबाट गीत, कविता, गजल, प्रशारणमा भाग लिइ उत्कृष्ट प्रस्तुती दिने प्रतिभा तथा नवप्रतिभाहरुलाई कदर-पत्रले सम्मानित गरिएको थियो ।

 

कार्यक्रमको समापनमा सभाध्यक्ष मोहन कार्कीले योग्य तथा अग्रज स्रष्टालाई सम्मान गर्ने अवसर पाउँदा आफू अत्यन्त हर्षित भएको बताउँदै कार्यक्रमलाई सफल बनाउन उपस्थित भएका सम्पूर्णलाई हार्दिक आभार व्यक्त गरे । कार्यक्रममा साहित्यकार दुर्गा अधिकारी ‘भमरकोटे’कवि द्वारिका कुइँकेल, एली खड्का, सानू शर्मा, लगायतले रचना वाचन गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य जन आकाश मिडियाका पत्रकार विनोद कार्कीले गरेका थिए । कार्यक्रमको सञ्चालन रामेछाप सांस्कृतिक कालकार समाजका सचिव नकुल गौतमले गरेका थिए ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

वि.सं.२०८३ जेठ ६ बुधवार १२:२६

नेपाल प्रहरीको रणनीतिक योजना २०८३-२०८५ सार्वजनिक...

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

वि.सं.२०८३ जेठ ६ बुधवार ०९:१३

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार...

हेर्नुहोस् आज २०८३ जेठ ६ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ जेठ ६ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८३ जेठ ६ बुधवार ०७:२२

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

पर्यटन मन्त्रालयका ४६ वटा माइलस्टोनका कार्यक्रम सम्पन्न, १४ वटा अझै बाँकी

पर्यटन मन्त्रालयका ४६ वटा माइलस्टोनका कार्यक्रम सम्पन्न, १४ वटा अझै बाँकी

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:१८

काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०८१/८२...

नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:०३

काठमाडौं: नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट (इमेलसहित) सेवा प्रदायक...

नेयमारसहित ब्राजिलको विश्वकप खेल्ने २६ सदस्यीय टोली घोषणा

नेयमारसहित ब्राजिलको विश्वकप खेल्ने २६ सदस्यीय टोली घोषणा

वि.सं.२०८३ जेठ ५ मंगलवार ०८:४५

एजेन्सीः विश्वकप खेल्नका लागि नेयमारसहित ब्राजिलको २६ सदस्यीय टोलीको घोषणा...