YouTube Link

रोहित आबद्ध टोरन्टो नेसनलले जित्यो ग्लोबल ट्वान्टी-२० को उपाधि

Facebook Link

एजेन्सीः नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरन्टो नेसनलले ग्लोबल ट्वान्टी-२० क्यानाडाको उपाधि जितेको छ ।

फाइनलमा टोरन्टोले मन्ट्रियल टाइगर्सलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो । टाइगर्सले दिएको ९७ रनको लक्ष्य टोरन्टोले १५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको हो । यद्यपि, यो खेलमा पनि रोहित प्लेइङ ११ मा अटाउन सकेनन् । टोरन्टोका एन्ड्रिज गौसले अविजित रहँदै सर्वाधिक ५८ रन बनाए । ४९ बल खेलेका उनले आठ चौका प्रहार गरे । भान डेर डुसानले ३० रन बनाउँदा उन्मुक्त भन्द चार र कप्तान कोलिन मुनरो शून्य रनमा आउट भए । टाइगर्सका अजमातुल्लाह उमरजाई र कोर्बिन बोशले १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको टाइगर्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ९६ रन बनाएको थियो । टाइगर्सका कोर्बिन बोशले सर्वाधिक ३५ रन बनाए । ३३ बल खेलेका उनले चार चौका प्रहार गरे । जसकरण सिंह १६ रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन् । टोरन्टोका जेसन बेहरेन्डोर्फले सर्वाधिक ३ विकेट लिए । रोमारियो शेफर्डले २ विकेट लिँदा जुनैद सिद्दिकी, मोहम्मद नवाज, निखिल दत्त र जतिन्द्रपाल मथारुको नाममा समान १ विकेट रह्यो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...