YouTube Link

डोनाल्ड ट्रम्पलाई गोली हान्ने २० वर्षीय युवक भएको पुष्टि

Facebook Link

 

एजेन्सीः अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई २० वर्षीय युवकले गोली हानेको खुलेको छ । थोमस मथ्यु क्रुक्स नामका २० वर्षीय युवकले आइतबार आयोजित चुनावी र्‍यालीका क्रममा ट्रम्पलाई गोली हानेको पुष्टि अमेरिकी संघीय जाँच ब्युरो (एफबीआई)ले गरेको छ ।

 

चुनावी र्‍यालीलाई सम्बोधन गरिरहेका ट्रम्पलाई गोली हान्ने ती युवकको नाम एफबीआईले सार्वजनिक गरेको हो । एफबीआईले ती युवकको पहिचानका लागि डीएनए र बायोमेट्रिक्स परीक्षण गरिएको थियो । एफबीआईका अनुसार क्रुक्स पेन्सिल्भेनियाको बेथेल पार्कका बासिन्दा थिए । उनी आफ्नो निवासबाट ७० किलोमिटर टाढा भएको चुनावी र्‍यालीमा पुगेर ट्रम्पमाथि गोली हानेका थिए ।

 

पेन्सिलभेनियामा चुनाव प्रचारका क्रममा हानिएको गोली ट्रम्पको कानलाई छुँदै गएको थियो । गोलीले कान र नजिकको भागमा लागेपछि ट्रम्प रक्ताम्य भएका थिए । गोली लागेलगत्तै अस्पताल लगिएका ट्रम्प अहिले सुरक्षित छन् । एफबीआईले यस प्रकरणमा जाँच चलिरहेको बताएको छ । यो प्रकरणमा ती युवकलाई सघाउने तथा अन्य संलग्न भएकोबारे खोजी भइरहेको एफबीआईले जनाएको छ ।

 

ट्र्म्पमाथ गोली चलाइएपछि पुलिस र एफबीआईको तर्फबाट आयोजित पत्रकार सम्मेलनमा घटनाको विस्तृत विवरण दिइएको छ । पुलिसले गोली चलाइएको उक्त घटनामा एकजना पुरुषको ज्यान गएको छ भने अन्य दुईजना घाइते छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...